शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माइक्रोम्याक्सको क्यानभास इन्फिनिटी स्मार्टफोन बजारमा

शुक्रबार, २४ कात्तिक २०७४, १२ : ५२
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौं । स्मार्टफोन जगतमा विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले अत्याधुनिक र क्रान्तिकारी क्यानभास इन्फिनिटी मोवाइल फोन बजारमा ल्याएको छ । हालै बजारमा ल्याएको यो फोनमा थ्रि जिवी र्याम, ३२ जिवी रोम, र थप १२८ जिवी एक्सपेन्डवल एसडी कार्ड गर्न सकिने कम्पनीले जनाएको छ । जसका कारण तस्वीर, डकुमेन्ट, भिडियोहरु स्टोर गर्न स्पेसको कुनै चिन्ता गर्नु नपर्ने कम्पनीले जनाएको छ । 

स्मार्टफोन क्यानभास इन्फिनिटी स्मार्टफोन एन्ड्रोयड ७.१.२ नूगट भर्सनमा रहेको छ  । यो स्मार्टफोनको मूल्य दर रु. १८ हजार ५०० मात्र रहेको छ । माइक्रोम्याक्स क्यानभास इन्फिनिटीस्मार्टफोनका ग्राहकहरुले फोनको खरिदमा एउटा पारदर्शी कभर निःशुल्क प्राप्त गर्नेछन् ।

यसको अपरेटिंङ सिस्टम ओरियो ८.० भर्सनमा अपग्रेड गर्न सकिन्छ । यो फोनमा शक्तिशाली २९००एमएएचको व्याट्री रहेको र जसले अधिकतम अवधि सम्म प्रयोगकर्ताहरुले भिडियो हेर्न, गेम खेल्न तथा अन्य विभिन्नकार्यहरु गर्न शक्ति प्रदान गर्नेछन् । 
'फोनमा ५.७ इन्चको आइपीएस एलसीडी मल्टिकलर डिस्प्ले रहेको छ जसको रिजोल्युशन ७२० बाई १४४० पिक्सल छ । यसमा प्रोक्सिमिटी, फिंगरप्रिन्ट (रियर मउन्टेड) सेन्सर, फोरजी तथा ओटिजी सपोर्ट र ब्लूटूथ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप