शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब राजदूतको घरबाट चोरियो डेढ करोडको रक्सी...

शुक्रबार, २४ कात्तिक २०७४, १० : ३१
शुक्रबार, २४ कात्तिक २०७४

इस्लामावाद–पाकिस्तानमा उत्तर कोरियाका राजदूतको घरबाट ह्विस्की, बियर र वाइनको बोतल चोरी भएको घटना बाहिर आएको छ । यसपछि उनीमाथि रक्सी तस्करीको गर्ने गरेको शंका गरिएको छ ।

पाकिस्तानमा मुसलमानका लागि रक्सी सेवन गैरकानुनी हो, यसैकारण यहाँ रक्सी सजिलै पाइदैन । राजदूतलाई रक्सीका लागि व्यक्तिगत भत्ता दिने गरिन्छ ।

अक्टुवरको महिनको शुरुमै पाकिस्तानमा उत्तर कोरियाका राजदूत ह्योन की योङले इस्लामाबादस्थि आफ्नो घरमा चोरीको रिपोर्ट दर्ता गराएका थिए । उनले प्रहरीलाई बताएका थिए कि, उनको घरबाट केही हजार अमेरिकी डलर र राम्रो मदिरा चोरी भयो ।

समाचार एजेन्सी रोयर्टस र पाकिस्तान टुडेका अनुसार तीन प्रहरीले यो घटना गराएका हुन् । उनका विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरिएको छ ।

अर्को मिडिया रिपोर्टका अनुसार यो सवै प्रहरीले गरेको हो र प्रहरीले निरीक्षणका क्रममा यसो गरेको हो ।

कोहसर प्रहरी थानामा यो घटना दर्ता भएको थियो । त्यहाँका प्रहरी प्रमुख अस्जद महमूदले बीबीसीसँग भने, ‘तीन प्रहरी गैरकानुनी तरिकाले राजदूतको घरमा पसे, त्यहाँ ठूलो मात्रमा रक्सी भेटियो । तर, उनीहरुले आफ्ना उच्च अधिकारीलाई सूचना दिनुको सट्टा रक्सी आफै लिएर गए ।’ तर, अहिले तीन प्रहरी जमानतमा छुटेका छन् ।

हुन त यस्ता घटनालाई यहाँ त्यति महत्व दिइदैन । तर, ठूलो मात्रामा रक्सी र राजदूत जोडिएकाले यसले धेरै चर्चा पाएको छ ।

राजदूतको घरबाट कति रक्सी चोरी भयो, यसको यकिन आकडा छैन । रोयर्टसका अनुसार जानी बाकर, ब्लैक लेवल रक्सीको एक हजार भन्दा धेरै बोतल चोरी भएका छन् । चोरी बजारमा एक बोत्तल रक्सीको मुख्य नेपाली आठ हजार भन्दा बढी पर्छ ।

प्रहरीका अनुसार राजदूतका घरबाट २०० पेटी वाइन, ६० कार्टुन बियर र टकीलाका दर्जनौ बोत्तल चोरी भएका छन् ।
 
पाकिस्तानमा विदेशी राजदूतलाई निर्धारित मात्रामा रक्सी राख्ने अनुमति छ । उनीहरु दूतावासमा पनि रक्सी राख्न सक्छन् । उनलाई आफ्नो घरमा रक्सी राख्ने अनुमति भने हुँदैन ।

उत्तर कोरियाका राजदूतले तीन महिनामा अलग–अलग प्रकारका १२० लीटर स्पिरिट, १८ लिटर वाइन र २४० लीटर बियर राख्ने अनुमति लिएका थिए । यसरी हेर्दा उनको घरमा भेटिएको रक्सी अनुमति लिएको भन्द कम हो ।

उत्तर कोरियाली दूतावासले यस घटनामा अहिलेसम्म केही भनेको छैन् । राजदूतको घरबाट जति रक्सी भेटिएको थियो, त्यसको मुख्य डेढ करोड भन्दा बढी हो ।
यस्तो पहिलो पटक भएको होइन, यस अघि पनि उत्तर कोरियाका राजदूतमाथि रक्सी तस्करीको आरोप लागेको थियो ।

२०१५ मा कराचीमा एक उत्तर कोरियाली राजदूतमाथि गैरकानुनी तरिकाले ब्लैक लेवल रक्सी बजारमा बेचेको आरोप लागेको थियो ।

यसै बर्ष एक अन्य उत्तर कोरियाली राजदूतलाई १४ लाख अमेरिकी डलर बराबरको सुन बंगलादेशमा तस्करी गरेको आरोपमा गिरफ्तार गरिएको थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप