बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनौट प्लेअफ : क्रोएसिया र स्वीटजरल्याण्ड विजयी

शुक्रबार, २४ कात्तिक २०७४, १० : ००
शुक्रबार, २४ कात्तिक २०७४

जाग्रेब । ग्रीसको खराब डिफेन्सको फाइदा उठाउँदै क्रोएसियाले विश्व छनौट प्लेअफको पहिलो लेगमा ४–१ को जीत निकालेको छ ।

ग्रीक गोलकिपर ओरेस्टिस कार्नेजिसको गल्तीपछि क्रोएसियाले पहिलो हाफको शुरुवातमा नै पेनाल्टी पाएको थियो । जसलाई लुका मोड्रिचले सजिलै गोलमा परिणत गरे ।

त्यसपछि निकोला कालिनिचले दोस्रो गोल थपे । तर, लगत्तै सोक्राटिस पापस्थोपोलसले ग्रीसका लागि गोल फर्काए ।

त्यसको तीन मिनेटपछि नै इभान फेरिसिचले क्रोएसियाको अग्रता पुनः दोब्बर बनाए ।

खेलको दोस्रो हाफमा आन्द्रेज क्रामारिचले अर्को गोल थपेपछि सहज जिन निकाल्यो ।

दोस्रो लेग अघि क्रोएसियालाई ३ गोलको अग्रता मिलेको छ । अब आफ्नो घरेलु मैदानमा यसलाई उल्टाउन ठूलै मिहिनेत गर्न पर्ने देखिन्छ ।

सन् २००९ मा इंग्ल्याण्डसँग ५–१ गोलअन्तरले पराजित भए यता प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले तीन गोलको अन्तरले पराजित भएको छैन ।

उता, विवादास्पद पेनाल्टीको मद्दतले स्वीटजरल्याण्डले उत्तरी आयरल्याण्डलाई हराएको छ ।

खेलको ५८ औँ मिनेटमा कोरी इभान्सले ह्याण्डबल गरेको भन्दै स्वीटजरल्याण्डलाई पेनाल्टी दिइएको थियो । तर, रिप्लेमा बलले उनको काँधमा लागेको देखिएको थियो ।

पाएको पेनाल्टीलाई रिकार्डो रोड्रिग्वेजले गोलमा परिणत गरे जुन गोल नै निर्णायक बन्न पुग्यो ।

उत्तरी आयरल्याण्डले घरेलु मैदानमा लगातार दोस्रो खेल हारेको सन् २०१२ पछि पहिलो पटक हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप