शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईबिएल क्यापिटल एस क्यापिटल मर्जर सम्झौता

बिहीबार, २३ कात्तिक २०७४, १८ : १७
बिहीबार, २३ कात्तिक २०७४

काठमाडौं – एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. बीच एक– आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको  छ ।

सो सम्झौतामा एनआईबिएल क्यापिटल मार्केट्स लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटल लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरेका छन् । 

एस क्यापिटल लि. को मूख्य कम्पनी एस डेभलपमेण्ट बैंक लि. लाई नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंक लि.मा समाहित भएकोले एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. दुवै संस्थाहरु हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि. को शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएको छ त्यस्तै, नेपाल धितोपत्र बोर्डको नीति निर्देशनले समेत मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु/ गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरिएको जनाएको छ ।

 

 दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्ता पूँजी रु.२७ करोड पुग्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप