शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा बस दुर्घटना हँदा २२ को मृत्यु

बिहीबार, २३ कात्तिक २०७४, १७ : ४७
बिहीबार, २३ कात्तिक २०७४

इस्लामाबाद – पाकिस्तानको एट्टोक जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

पञ्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई छ । स्थानीय बासीन्दा, प्रहरी र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल पुर्याएका छन् भने दुर्घटनास्थलबाट शवहरु बाहिर निकालेका छन् । मृतकमध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

अहिले पनि केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरुले बताएका छन् । प्रान्तीय राजधानी लाहोरमा हुन लागेको धार्मिक सभामा सहभागी हुन एउटै बसमा ८२ जना यात्रु जादै गरेका थिए । बसमा धेरै यात्रु र तिब्र गतिका कारण बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप