शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आष्मालाई ‘ड्रिम गर्ल’ बनाउदै निर्देशक ऋषिराज

बिहीबार, २३ कात्तिक २०७४, १६ : ४५
बिहीबार, २३ कात्तिक २०७४

कठमाडौं – केही पहिले प्रर्दशित चलचित्र ‘मिस्टेक’का निर्देशक ऋषिराज आचार्यको निर्देशनमा चलचित्र ‘ड्रिम गर्ल’बन्ने भएको छ । निर्माण युनिटले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो ।

आर.बि मुभिजको ब्यानर तथा रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा निर्माण हुन लागेको चलचित्र प्रेमकथामा बन्न लागेको हो । चलचिद्दत्रका निर्माता निर्देशक आचार्य र अर्जुन शमाए रहेका छन्, भने सहनिर्माता रामेस्वर धितालको रहनेछ ।

चलचित्रमा नव–कलाकार आकाश श्रेष्ठ, आष्मा गिरी, सरोज खनाल, विल्सन बिक्रम राइ, लक्ष्मी गिरी, रुप सुवेदी, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, लगायत कलाकारको अभिनय रहनेछ ।

अर्जुन पोखरेलको संगीत,सम्राट बस्नेतको एक्सन र गम्भिर बिष्टको नृत्य रहने चलचित्र निर्माणमा साउथ इन्डियन ब्यानरको पनि सहकार्य रहेको छ । राराताल, मुस्ताङ तथा बिदेशक दुवइ र कतारमा छायाँकन हुने चलचित्र राम्रो बन्ने दाबी निर्माण युनिटले गरेको छ । 

–कार्यक्रममा निर्देशक आचार्यले नाम जस्तै चलचित्र आफ्नो ड्रिम प्रोजेट रहेको बताए । चलचित्र पुर्ण कर्मसियल हुने आचार्यले सुनाए ।

–निर्माता निर्देशक असोक शर्माले राम्रो चलचित्र बनाउदै आएका ऋषीले ब्यवसाहिक सफलता हात पार्न नसकेको उल्लेख गर्दै यो चलचित्रबाट ब्यवसाहिक लाभ उठाउन सफल हुन्ु भन्ने शुभकामना दिए ।

– अभिनेता विल्सन बिक्रम राईले चलचित्र अभिनयमा अतिथि भुमिकामा अभिनय नगर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप