शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा नयाँ सेल्फी एक्स्पर्ट ओपो एफफाइभ सार्वजनिक हुँदै

बुधबार, २२ कात्तिक २०७४, २१ : ३२
बुधबार, २२ कात्तिक २०७४

काठमाडौं – ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ भब्य समारोह बीच कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ ।  काठमाडौंमा आयोजना गरिने उक्त समारोहमा हाल चर्चाको शिखरमा रहेका नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता हुने निश्चित भएको छ । कार्यक्रममा नेपाल आइडलको उपस्थितीका बारेमा कम्पनीले आफ्नो आधिकारिक सामाजिन सञ्जाल मार्फत जानकारी दिएको हो ।

 आधिकारिक फेसबुक पेज मार्फत नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो पोष्ट गर्दै कम्पनीले मिति तथा तिनको उपस्थितीका बारेमा जानकारी दिएको हो । 
नेपाल आइडलका उत्कृष्ट तीनको सन्देश सहितको उक्त भिडियो मार्फत कम्पनीले सामाजिक सञ्जालमा लाइक तथा सेयर क्याम्पेनको पनि घोषणा गरेको हो । 

उक्त भिडियो लाइक तथा सेयर गर्ने मध्यबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफफाइभ सार्वजनिक गर्ने समारोहमा सहभागी हुने तथा आकर्षक उपहार जित्ने अवसर समेत प्रदान गर्ने  जनाएको छ । उक्त क्याम्पेन नोवेम्बर ८ देखि १२ सम्म चल्ने छ ।
सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन एफफाइभ नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हो । 

साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा दिदै उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ । यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने युवा जमातको समग्र मागको सम्बोधन गर्ने आशा गरिएको छ ।

 

एआई ब्यूटी रिकग्निसन प्रविधि : ‘क्याप्चरिङ दि रियल यु’
 
नेपालमा उपस्थित फोन ब्राण्ड मध्य पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीकालागि फ्रण्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।

ओपोको पहिलो फुल स्क्रिन उपकरण


सार्वजनिक हुन लागेको नयाँ उपकरण ओपोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्छ ।
 

सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ सेल्फी एक्स्पर्टमा पछिल्ला उत्पादनका तुलनामा अझ आरामदायी सञ्चालन अनुभुति प्रदान गर्ने सोचका साथ परिस्कृत सञ्चालन प्रणाली उपलब्ध हुनेछ । नेपाली बजारमा नयाँ फोन नोेवेम्बर १५ देखि उपलब्ध हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप