बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एन आई सी एशिया बैंकको एकैसाथ ५ नयाँ शाखा विस्तार

बुधबार, २२ कात्तिक २०७४, २१ : २८
बुधबार, २२ कात्तिक २०७४

काठमाडौं – एन आई सी एशिया बैंकको ५ नयाँ शाखा विस्तार भएको छ । भिमेश्वर नगरपालिका वडा नं. ०३, दोलखा स्थित चरिकोट शाखा,  घोडाघोडी नगरपालिका वडा नं १०, कैलाली स्थित पहलमानपुर शाखा, केराबारी गाउँपालिका वडा नं ०८ स्थित केराबारी शाखा, भगवानपुर गाउँपालिका, वडा नं. ०४, सिरहा स्थित भगवानपुर शाखा तथा नरहा गाउँपालिका, वडा नं. ०६, सिरहा स्थित नरहा शाखाको आज एक समारोहका बीच समुद्घाटन गरिएको हो । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ५ शाखा कार्यालयहरुको उद्घाटनसँगै  बैंकको १सय ३५ शाखा कार्यालयहरु र १ सय ४१ एटिएम काउन्टरहरुबाट सेवा प्रदान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप