युवामाझ वित्तीय साक्षरताको सवाल

person access_timeकात्तिक २२, २०७४ chat_bubble_outline0


वित्तीय साक्षरताबिना वित्तीय सचेतनातर्फको यात्रा प्रायः असम्भव हुन्छ । विश्वइतिहास हेर्दा सन् १९०० को दशकपछि वित्तीय साक्षरता र शिक्षाको व्यापक अभ्यास गरिँदै आएको छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको सवालमा नेपाल राष्ट्र बैङ्कले आप्mनो अगुवाइमा मुख्य रूपमा दुईवटा अन्तर्राष्ट्रिय मञ्चहरू अलाइन्स अफ पाइनान्स इन्क्लुजन (एफआई), चाइल्ड एन्ड युथ फाइनान्स इन्टरनेसनल (सीवाईएफआई)को औपचारिक सदस्यता लिई विद्यालय एवं विश्व विद्यालय लक्षित केही कार्यक्रम गर्दै आएको छ  ।

आधुनिक अर्थतन्त्र मौद्रिकीकरण भइसकेको सबै पेसा व्यवसाय गर्ने मानिसहरूले आप्mनो कारोबार मुद्दामा गर्ने भएकाले मानिसको जीवन आर्थिक प्रश्नहरूको वरिपरि घुमफिर गरिरहेको छ । सीमित वित्तीय साधनबाट आप्mनो असीमित आवश्यकता चाहना पूरा गर्ने, जानकारी, सीप हासिल गर्ने योजना बनाउने कार्य, वित्तीय शिक्षाबाट प्राप्त हुन्छ । आयआर्जन, खर्च, बचत, कर्जा लगानी र आर्थिक योजनाको बारेमा वित्तीय शिक्षाले जानकरी गराउँछ । खासगरी वित्तीय साक्षरताअन्तर्गत आयआर्जन गर्ने, खर्चगर्ने, बजेट बनाउने, बचत गर्ने, जोखिम व्यवस्थापन गर्ने, ऋण लिने, लगानीगर्ने, बिमा गर्ने आदि विषयको ज्ञान सीपआर्जन गर्ने र सोही अनुरूपको आचरण व्यवहारको विकास गर्नुपर्ने कार्य पर्दछन् । एकपटक वित्तीय साक्षरता प्राप्त गरेको व्यक्तिले त्यसबाट आजीवन लाभलिन सक्दछ । यसका अलावा जीवनमा आइपर्ने आकस्मिकता सामना गर्न, अधिक ऋणग्रस्तता एवं जालसाजबाट बच्न सीमित स्रोत र साधनको बढीभन्दा बढी प्रभावकारी प्रयोग गर्दै आवश्यकता अनुसारको वित्तीय सेवा छनौट गरी आप्mनो र परिवारको उन्नत भविष्यका लागि परिस्कृत एवं उत्कृष्ट योजना बनाउन सक्दछ । 

वित्तीय साक्षरता केवल बैङ्किङ, जानकारी मार्फतको कार्यबाट विस्तार गर्ने मात्र नभई उद्यमशीलता प्रवद्र्धन मार्फत रोजगारी सृजनामा महत्वपूर्ण योगदान पुर्याउने उत्पादन अभिवृद्धिको महत्वपूर्ण उपाय हो । नेपालमा शैक्षिक बेरोजगारीको अवस्थालाई हेर्दा अहिलेको सैद्धान्तिक शिक्षालाई स्वरोजगार मार्फत उत्पादनसँग जोड्नुपर्ने छ, जसमा वित्तीय साक्षरताको योगदान अपरिहार्य छ । सामान्य अर्थमा वित्तीय साक्षरता भन्नु पैसाले के कसरी काम गर्छ भनी बुझाउनु हो । वित्तीय रूपमा साक्षर व्यक्तिले कमाउनुभन्दा बढी जोगाउनु र सुरक्षित रहनेलाई प्रधान ठान्छ । हामीमा अझै पनि मानिसहरू कमाइ भएरभन्दा सम्पत्तिको उचित व्यवस्थापन र सुरक्षा गर्न नजानेर गरिबीसँगै बढी प्रताडित भएको पाइन्छ । जबसम्म कमाएको सम्पत्तिको सुरक्षाको बारेमा मानिसहरू सचेत हुँदैनन तबसम्म स्थायी आर्थिक उन्नति गर्न सक्दैन । उदाहरणका रूपमा एउटा विपन्न परिवारले लघुवित्त बैङ्क मार्फत कर्जा लिई पशुपालन गरेर जीविका चलाएको हुन्छ । अकस्मात पसु चौपायाको मृत्यु हुन गएमा परिवारमा नै ठूलो वित्तीय सङ्कट आउँछ । यदि पशु चौपाया र कमाउने व्यक्तिको बिमा गर्नुपर्छ भन्ने चेतनाभएको भए भवितव्य एवं आकस्मिताबाट पनिलाभ, हासिल गरी वित्तीय जोखिम न्यूनीकरण गर्न सक्दथ्यो । त्यसैले वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञानलाई वित्तीय साक्षरताको मुख्य कडीका रूपमा लिइन्छ ।

बढी आय, बढी वचत, बढी लगानी, बढी प्रतिफल सम्पन्नताको चक्रहो भने कम आय कम बचत, कमलगानी, कमप्रतिफल गरिबीको दुश्चक्र हो । प्रायः सम्पन्न मानिसहरूसँग भरपुर वित्तीय स्रोत साधन हुनाले आप्mना आवश्यता पूरा गर्न सक्षम मानिन्छ तर निम्न आय भएका व्यक्तिहरू आप्mनो  आम्दानी खर्चको संरचनामा सानो असन्तुलन आउनासाथ ऋणको धरापमा पर्छन् । कहिल्यै नउठ्ने गरी समस्यामा पर्छन् । त्यसैले समाजमा रहेका आर्थिक गतिविधि गर्ने हरेक मानिसलाई वित्तीय साक्षरता आवश्यकता पर्ने भए पनि तुलनात्मक रूपमा आर्थिक, सामाजिक र शैक्षिकस्तर कमजोर रहेका समुदाय र वर्गका मानिसहरूको जीवन स्तर उकास्न वित्तीय साक्षरता र शिक्षाको ज्यादै ठूलो योगदान हुन्छ ।
वित्तीय साक्षरताकै अभाव भनौँ वा हेलचेक्र्याइँ भनौँ मानिसहरू लाखौँका गाडी र मोटरबाइकमा हिँडिरहेका हुन्छ । यिनीहरूले बाध्यताले मात्र आप्mनो सवारी साधनको मात्रविना गराएका हुन्छन् । त्यो सवारी साधनभन्दा लाखौँ गुणा अथवा अमूल्य आप्mनै शरीरको बिमालेख उनीहरूसँग हुँदैन । यो पनि एक हदसम्म समाजमा खड्किएको वित्तीय सचेतना र विमाशिक्षाको कमीले गर्दा सृजना भएको यथर्थाता हो ।

बैङ्किङ कारोबारमा वित्तीय साक्षरतालाई जोडी भन्ने हो भने जति पनि बैङ्किङ कारोबारमा सर्वसाधारणको उपस्थिति बढ्छ उति नै कारोबारको दायरा फराकिलो हुन्छ । प्रत्यक्ष रूपमा बैङ्कमा वचतकर्ताहरू बढ्छ । उद्यमी व्ववसायीहरू बढ्दै जाँदा लगानी विस्तार हुन्छ । मनाङ मुस्ताङमा हुने आर्थिक कारोबारले यार्सागुम्बा, डोल्पाहुनेले चिराइतो उद्योगमालगानी बढ्छ । जुम्लामास्याउसम्बन्धी उद्योग फस्टाउँछ । गोरखामा सुन्तलाका साथै र गुल्मीमाकफि खेतीले प्रस्रय पाउँछ । त्यसलाई नै बैङ्किङ कारोबार लगानीविस्तार मार्जिन ल्यान्ड रूपमा विकसित गर्न सकिन्छ । चलायमान वित्तीय स्रोत र साधनको सही उपयोग गरी अर्थतन्त्रको विकास सामीप्यता जनाउन वित्तीय रूपमा साक्षर जनशक्तिको आवश्यकता हुन्छ । अझै पनि नेपालको कूल अर्थतन्त्रमा गैरसमानान्तर र छाया अर्थतन्त्रहावी छ । हुण्डी, ढुकुटी, साहु महाजनमार्फत कारोबार गर्ने परपाटी यथावत रहेको पाइन्छ । जुनवित्तीय साक्षरताभएको कमीले गर्दा हो ।

वित्तीय साक्षरता अभिवृद्धि गर्ने सवालमा विश्वमा धेरैजसो मुलुकले बालबालिका केन्द्रित बैङ्किङ कार्यक्रम गर्दै आएको पाइन्छ । नेपालमा पछिल्ला ४, ५ वर्षमा यसले पनि व्यापकता पाउँदै गएको छ । तापनि त्यसले लक्षित वर्गमा त्यति योगदान पुर्याएको पाइँदैन । खास गरी ग्रामीण भेग र त्यस मातहतका विद्यालयहरूमा वित्तीय सक्षरता र सचेतनाका कार्यक्रमहरू भएकै पाइँदैन जुनज्यादै दुःखको कुरा हो ।

त्यस्तै स्थिति रहेमा सन् २०२२ सम्म नेपाललाई अविकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रको स्तरमा पुर्याउने राष्ट्रको नागरिकमा अनुरूपको लक्ष्य हासिलहुन सक्दैन । जबसम्म बालिगमा वित्तीय चेतना र साक्षरताको महत्व अवगत हुँदैन त्यस देशको जनताको आर्थिक साक्षरता कहिल्यै उकासिन सक्दैन । यसकारण पनि वित्तीय साक्षरतालाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन गराइनुपर्ने आजको ज्वलन्त समय सापेक्ष माग हो ।
ap.nampl @gmail.com
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ