शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘फाटेको जुत्ता’को व्यापार, मल्टिप्लेक्समा बढ्दो चाप !

बुधबार, २२ कात्तिक २०७४, १३ : २८
बुधबार, २२ कात्तिक २०७४

काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’ले प्रदर्शनको पाँच दिनसम्म आइपुग्दा राम्रो दर्शक पाइरहेको छ । चलचित्रले देशभर दुई करोड ५० लाख भन्दा बढीको ब्यवसाय गर्न सफल भएको निर्माता अर्जुनकुमारले दाबी गरेका छन् ।
‘शुक्रबार र शनिबार एक करोड ३२ लाखको व्यापार गर्यो । आइतबार ४६ र सोमबार ३७ लाख भएको छ,’ अर्जुनकुमारले भने, ‘दर्शकले चलचित्र मन पराएकाले चाप उस्तै छ ।’ उनले अरु दिनमा पनि चलचित्रले पहिले झै कलेक्सन गरेको सुनाए । उनले थपे ‘चलचित्रको चाप अर्काे साता पनि यस्तै देखिने संकेत मल्टिप्लेसको अग्रिम बुकिङले दिएको छ ।
‘देशको प्रदर्शन सफल भएपछि चलचित्रको बिदेशमा पनि माग त्यतिकै भइरहेको छ’ अर्जुनकुमारले थपे ‘अस्ट्रेलियाको सिड्नीमा नोभेम्बर ४ र ५ तारिखमा भएको विशेष सो पनि हाउसफुल थियो ।’ चलचित्रको गत ५ तारिखमा जापानको टोकियोमा भएको सो पनि भरिभराउ भएको उनले बताए । 
१३ नोभेम्बरमा चलचित्रको मेलबर्नमा सो हुँदैछ । त्यसपछि १७ नोभेम्बरमा डेनमार्क र बेल्जियम, १९ मा पोल्यान्ड अनि २६ तारिखमा जर्मनीमा चलचित्र देखाइने अर्जुनकुमारको भनाई रहेको छ ।
अमेरिकाका बोस्टन, टेक्सासलगायतका थुप्रै राज्य, कोरिया इजराइल, हङकङ, दुबई, कतारलगायत विश्वका थुप्रै देशमा फाटेको जुत्ताको सो राखिएको बताएका अर्जुनकुमारले चलचित्रले विदेशबाट अहिलेसम्म ५३ लाख रुपैयाँ कमाइसकेको बताए । 
सौगात मल्ल, प्रियंका कार्की, दयाहाङ राई, कामेश्वर चौरसिया, रवीन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको चलचित्र निकेश खड्काले निर्देशन गरेका हुन् । 
कमेडी जनराको चलचित्र सिंगल र मल्टिप्लेक्स गरी देशभरका एक सयभन्दा बढी पर्दामा प्रदर्शन भइरहेको छ । चलचित्रले प्रदर्शन अगाडि प्रचार प्रसार पनि राम्रै गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप