शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झ्यानाकुटी लिएर कलेज कलेजमा अभिनेत्री नीशा

बुधबार, २२ कात्तिक २०७४, १३ : १८
बुधबार, २२ कात्तिक २०७४

काठमाडौं –अभिनेत्री नीशा अधिकारी निर्मित पहिलो चलचित्र ‘झ्यानाकुटी’ १ मंसिरबाट देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा नीशाले पनि चलचित्रको प्रचारप्रसारलाई समेत तिब्र बनाएकी छन् ।
चलचित्रको प्रचारप्रसार अहिले राजधानीका बिभिन्न कलेजबाट सुरु गरिएको छ । अभिनेता अभिनेत्री सौगात मल्ल, बेनिशा हमाल, निर्मात्री तथा अभिनेत्री नीशा अधिकारी लगायत युनिट कलेज कलेज पुग्दै चलचित्रको प्रचार गरिरहेका छन् ।
राजधानीको मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलमै रहेको के यु सिटी कलेजमा चलचित्रको प्रचार गरिएको छ । आफुले रुचाएको कलाकारलाई देखेपछि विधार्थीले सेल्फी मात्र खिचेनन , जिज्ञाषा समेत मेटाए । 
बिद्यार्थीले अभिनेता सौगातलाई चलचित्रबारे धेरै प्रश्न तेर्साए । कतिपय बिद्यार्थीले त चलचित्रको पोष्टरमा अभिनेत्री बेनिशाले सौगातलाई बोके झैँ बोकेर समेत हिड । यसरी बोकिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने मध्यबाट बढी लाइक पाउनेलाई प्रिति चाउचाउको तर्फबाट नगद रु ५१ हजार जित्न सक्ने घोषणा समेत कार्यक्रममा गरियो । यो जानकारी पछि कलेजमा अभिनेता बोक्ने बिद्यार्थीको घुइचो नै लाग्यो ।
कलेजमा चलचित्र युनिटले बालविवाहको बारेमा समेत छलफल गरेको अभिनेत्री तथा निर्माता नीशाले जानकारी दिइन् । ‘विधार्थी पनि नेपाली चलचित्रको बिषयमा अपडेट रहेछन्’ नीशाले भनिन् ‘मेरो झ्यानाकुटी मात्र हैन अन्य चलचित्रको विषयमा पनि अपडेट भएको पाउदा निकै खुसि लाग्यो ।’ कलेजका विधार्थीको झ्यानाकुटी प्रति पोजेटिभ फिडब्याक पाउदा नीशा दंग परिन् ।
कलेजको विधार्थीसँग घुलमिल हुन पाउँदा निकै खुसी देखिएकी अभिनेत्री बेनिषाले चलचित्रमा आफुले अहिलेसम्मकै फरक भुमिका निर्बाह गरेको बताइन् ।
अभिनेता  सौगातले चलचित्रमा आफुले निर्बाह गरेको भुमिका बताउँदै बिद्यार्थीले एक्टिङको विषयमा राखेको जिज्ञासा समेत मेटाए । चलचित्रको केही पहिले ट्रेलर सार्वजनिक गरिएको थियो । निर्माण युनिटले ट्रेलर रमाइलो पारामा तयार पारेको छ । 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप