अब ट्वीटरमा २८० अक्षरसम्म लेख्न पाइने
बुधबार, २२ कात्तिक २०७४, १२ : ३२
काठमाडौँ । ट्वीटरले मंगलबार ट्वीटमा अबदेखि २८० लक्षरसम्म लेख्न मिल्ने बनाउने घोषणा गरेको छ ।
अझै धेरै प्रयोगकर्ता आर्कषित गर्न र यसमा अबद्धताको साथै सक्रियकता बढाउन यो कदम चालिएको हो ।
यसअघि ट्वीटरमा १४० अक्षर मात्र लेख्न पाइन्थ्यो ।
‘हामीले लक्षरहरुको पाबन्दीलाई बढाउँदै आइरहेका छौँ । हामी ट्वीटरलाई अझै सहज र छरितो बनाउन चाहन्छौँ,’ ट्वीटरले ट्वीट गर्दै भनेको छ, ‘सेप्टेम्बरको शुरुवातदेखि यसको परिक्षण शुरु हुनेछ ।’
ट्वीटरका अनुसार जापानिज, कोरियन चाइनिजबाहेक अन्य सबै भाषाहरुमा यो लागु हुनेछ ।
११ वर्षअघि स्थापना भए यता ट्वीटरले अक्षरहरुको सीमितता बढाएको यो पहिलो अवर हो ।
ट्वीटर आफ्ना प्रतिद्वन्द्वी समाजिक सञ्जालबाट निकै पछि परिरहेको अवस्थामा यस्तो परिवर्तन गर्न लागेको हो ।