शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपबाट बाम गठबन्धनलाई जिताउन सुझाव

बुधबार, २२ कात्तिक २०७४, १० : ५१
बुधबार, २२ कात्तिक २०७४

युरोप– नेपाली जनप्रगतिशील मंच, युरोपले आगामी चुनाबका लागि नेपालमा भएको बाम गठबन्धन, कार्यगत एकतासहित पार्टी एकीकरण गर्नेसम्मको प्रकृयलाई स्वागत गर्दै  गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेको छ ।

मंचका अध्यक्ष डा कृष्णप्रसाद अर्याल र महासचिव गंगा प्रसाद भुसालले एक वक्तव्य जारी गर्दै अवको नेपालको कम्युनिष्ट आन्दोलनले नै राष्ट्रलाई समाजबादको दिशातर्फ लैजाने बिश्वास लिइएको छ । 

विज्ञप्तिमा ‘नेपाली जनप्रगतिशील मंच यूरोप शान्त, सबृद्ध रसमुन्नत नयाँ नेपाल निर्माण गर्ने आम नेपाली जनताको चाहना र महान शहिदको सपनालाई पूरागर्ने विश्वास सहित पार्टी एकीकरण गर्ने उद्देश्यका साथ भएको यो चुनाबी गठबन्धनलाई हार्दिक स्वागत सहित समर्थन गर्दछ ।’ भनिएको छ । 

त्यस्तै नेपालमा भएको महान जनयुद्द र जनान्दोलन लगायत देशमा भएका हरेक आन्दोलनहरुमा कम्युनिष्ट पार्टीहरुले नै निर्णायक भूमिका खेल्दै आइरहेको कुरा जगजाहेर भएको भन्दै  अहिलेका उपलब्धिहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, राज्यको पुर्नसंरचना, समानुपातिक समवेशिता,स्वतन्त्रता र समाजबाद उन्मुख  नेपालको नयाँ संबिधान पनि नेपाली क्रान्तिकारी कम्युनिष्ट  आन्दोलनको उपलब्धि भएको उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप