युरोपबाट बाम गठबन्धनलाई जिताउन सुझाव
युरोप– नेपाली जनप्रगतिशील मंच, युरोपले आगामी चुनाबका लागि नेपालमा भएको बाम गठबन्धन, कार्यगत एकतासहित पार्टी एकीकरण गर्नेसम्मको प्रकृयलाई स्वागत गर्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेको छ ।
मंचका अध्यक्ष डा कृष्णप्रसाद अर्याल र महासचिव गंगा प्रसाद भुसालले एक वक्तव्य जारी गर्दै अवको नेपालको कम्युनिष्ट आन्दोलनले नै राष्ट्रलाई समाजबादको दिशातर्फ लैजाने बिश्वास लिइएको छ ।
विज्ञप्तिमा ‘नेपाली जनप्रगतिशील मंच यूरोप शान्त, सबृद्ध रसमुन्नत नयाँ नेपाल निर्माण गर्ने आम नेपाली जनताको चाहना र महान शहिदको सपनालाई पूरागर्ने विश्वास सहित पार्टी एकीकरण गर्ने उद्देश्यका साथ भएको यो चुनाबी गठबन्धनलाई हार्दिक स्वागत सहित समर्थन गर्दछ ।’ भनिएको छ ।
त्यस्तै नेपालमा भएको महान जनयुद्द र जनान्दोलन लगायत देशमा भएका हरेक आन्दोलनहरुमा कम्युनिष्ट पार्टीहरुले नै निर्णायक भूमिका खेल्दै आइरहेको कुरा जगजाहेर भएको भन्दै अहिलेका उपलब्धिहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, राज्यको पुर्नसंरचना, समानुपातिक समवेशिता,स्वतन्त्रता र समाजबाद उन्मुख नेपालको नयाँ संबिधान पनि नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको उपलब्धि भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा