बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, २२ कात्तिक २०७४, ०६ : ३१
बुधबार, २२ कात्तिक २०७४

आजको राशिफल

वि.स. २०७४ साल कात्तिक २२ गते। बुधबार। इश्वी सन् २०१७ नोभेम्बर ८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– पञ्चमी, २४:२१ बजेउप्रान्त षष्ठी। नक्षत्र– आर्द्रा, २१:०६ बजेउप्रान्त पुनर्वशु। योग– सिद्ध, १८:१८ बजेउप्रान्त साध्य। करण– कौलव, १३:३२ बजेदेखि तैतिल, २४:२१ बजेउप्रान्त गर। आनन्दादिमा मुसल योग। 

चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:२० बजे, सूर्यास्त– १७:१३ बजे र दिनमान २७ घडी १३ पला। विश्व रेडियोग्राफी दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्याहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ भने नयाँ नयाँ काम गरि रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् भने पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न रहनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर काम कामहरु थालनि गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानि फस्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा कमाएको ईज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुँनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुँनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोत फेला पर्नेछन् भने थोरै समय दिदा पनि व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुँनुहुनेछ । सत्रु परास्त हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुँनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्लेले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुँनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुँनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पर्यटकिय तथा रमाईलो यात्रा हुँनेछ भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ ।  

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले अन्य व्यावसायमा पनि लगानि गर्ने अवसर आउँनेछ । बिद्यार्थिहरुले पढाई लेखाईमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ मने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुँनेछन् भने कुनै पनि न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

 

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्यामा गरिएको लगानि बाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानि बढाउँने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्याबहार गर्नुहोला आलोचनाको शिकार हुँनुपर्नेछ । व्यापार व्यावसायमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपानाउँनु होला । आमाको  तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप