भारत गुजरात सडक दुर्घटना १९ को मृत्यु
नयाँ दिल्ली – पश्चिम भारतीय राज्य गुजरातमा भएको सडक दुर्घटनामा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । ट्रक र भ्यान एक आपसमा ठोक्किदा भएको यस दुर्घटनामा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अरु नौ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।गुजरातको खेदा जिल्लाको अहमदाबाद इन्दोर राजर्मागमा सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
सो दुर्घटनामा बस चालकसहित १३ को मृत्यु भएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये चारको अवस्था गम्भिर भएको जनाइएको छ ।
चालकसहित २२ व्यक्ति सवार रहेको सो बसमा क्षमताभन्दा बढी व्यक्ति रहेका जनाइएको प्रहरीले जानकारी दिएको छ । उच्च गतिमा रहेको यस भ्यानका चालकले आफ्नो नियन्त्रण गुमाएका कारण उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच प्राप्त अर्को एक समाचारमा जनाइएअनुसार उत्तरी भारतीय राज्य पञ्जावमा भएको एक सडक दुर्घटनामा परी छ जना व्यक्तिको मत्यु भएको छ । बिपरीत दिशाबाट आएका दुईवटा बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानामा छ जना व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका छन् ।
प्रहरी अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार