बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डाम्रोइ आँधीले भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु

मङ्गलबार, २१ कात्तिक २०७४, १७ : ५६
मङ्गलबार, २१ कात्तिक २०७४

हनोई –भियतनाममा गएको शनिबार आएको डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु भएको समाचार छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार जानकारी दिएको छ । 

कडा हावा हुरीका कारण अरु दर्जनौँ व्यक्ति हराएका छन् । हराइरहेका व्यक्ति अहिले पनि खतराको अवस्थामै छन् वा मरिसके भन्ने बारेमा अहिले यकिन हुन नसकेको दैवै प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन् । 

आइतबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ । 

आँधीले करिब एक हजार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । अरु ३९ हजार ७०० घरमा बढी मात्रामा नै क्षती पु¥याएको छ । त्यसैगरी करिब ४० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ । 

आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पु¥याएको पनि अधिकारीहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप