शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा बिदेशी पर्यटक बृद्धि,नेपाली पर्यटक घटे

मङ्गलबार, २१ कात्तिक २०७४, १७ : ३२
मङ्गलबार, २१ कात्तिक २०७४

लुम्बिनी–अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीप्रति बिश्वकै चासो बढिरहेका बेला बिदेशी पर्यटकहरुको आगमनमा बृद्धि भएको छ । 
लुम्बिनी बिकास कोषको सूचना शाखाले जारी गरेको मासिक तथ्याङक अनुसार सन २०१६को अक्टोबर महिनामा १५ हजार पाँचसय ६८ जना तेसो मुलुकका पर्यटकहरु लुम्बिनी आएकोमा यस बर्षको अक्टोबर महिनामा १६ हजार पाँचसय ९६ जना आएका छन् । यसैगरि आन्तरिक पर्यटकको सूचीमा पर्ने भारतीय पर्यटकहरुको पनि बुद्धजन्म स्थल लुम्बिनी आगमनमा बृद्धि भएको सूचना शाखाले जनाएको छ । 
सन २०१६ को अक्टोबरमा  नौ हजार ७६ जना मात्र भारतीय पर्यटक लुम्बिनी आएकोमा यस बर्षको अक्टोबरमा  १५ हजार नौ सय ८५ जना भारतीय नागरिकहरु बुद्धजन्म स्थल लुम्बिनी लुम्बिनीको दर्शन गरे पछि उनीहरुको लुम्बिनी आगमन बढेको तथ्यांकमा उल्लेख छ । 
त्यस्तै आन्तरिक पर्यटककै श्रेणीमा पर्ने नेपाली पर्यटकहरुको लुम्बिनी आगमन घटेको छ । 
सन् २०१७ को अक्टोबरमा ९६ हजार दुईसय ६९ जना मात्र नेपाली पर्यटकहरुको आगमन भएको छ जब कि सन् २०१६ को अक्टोबर महिनामा एकलाख पाँच हजार दुईसय ३६ जना नेपाली नागरिकहरु लुम्बिनीको दर्शन गरेका थिए । 
यसरी बुद्धजन्म स्थल लुम्बिनीमा पर्यटक अगमनमा बृद्धि भएपछि कोषले लुम्बिनी संरक्षण शुल्क वापत तेस्रो मुलुकका नागरिक सँग दुईसय रुपैयाँ ,सार्क राष्ट्रका नागरिकसँग एकसय रुपैयाँ तथा भारतीय नागरिकसँग १६ रुपैयाँ लिँदा राजस्व संकलनमा पनि बृद्धि भएको छ ।
सेप्टेम्बर महिनामा बिदेशी पर्यटकको लुम्बिनी आगमनमा कमी आएपनि भारतको गोरखपुर स्थित बिग्रेको पुल बनेपछि बिदेशी पर्यटक पाहुनाहरुको अक्टोबरमा लुम्बिनी आउने क्रम बढेको छ । तर,मुग्लिङ र नारायणघाट सडकखण्ड बिग्रेपछि नेपाली पर्यटकहरुको लुम्बिनी आगमनमा कमी आएको सहायक सूचना अधिकृत राजन बस्नेतले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप