शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो बामगठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रम

मङ्गलबार, २१ कात्तिक २०७४, १२ : ००
मङ्गलबार, २१ कात्तिक २०७४

काठमाडौं । एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । 

गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो । 

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए । 

घोषणापत्रमा दैनिक ५ लाख पर्यटक भित्रयाउने, सूचना प्रविधिमा विदेशी लगानी निषेध गर्ने नीति अगाडी सारेको, सामाजिक सञ्जालालई जनमुखि बनाउने र विधिको शासन कायम गर्ने विषयलाई पनि उठाइएको  अध्यक्ष प्रचण्डले बताए ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र एमाले र माओवादीको साझा अवधारणा भएको भन्दै घोषणापत्र कार्यन्वयन गरेरै छाड्ने दाबी गरे । 

उनले पार्टीको घोषणापत्र मात्र नभएर यो राष्ट्रको घोषणापत्र भनेर बुझ्न आग्रह गरे । उनले शान्ति, स्थायित्व, विकास,समुन्नत र सम्बृद्धिका पक्षमा घोषणापत्र रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप