आत्महत्या गर्न चाहन्थिन् इलियाना
मुम्बाई । बलिउड अभिनेत्री इलियाना डिक्रुज कुनै समय डिप्रेशनबाट पीडित थिइन् । यही कारण उनले एक पटक आत्महत्या गर्ने पनि सोचेकी थिइन् । त्यतिबेला उनी डिस्मर्फिक डिसअर्डरको शिकार थिइन् ।
इलियानाले यो खुलासा भारतको नयाँ दिल्लीमा आयोजित २१ औँ विश्व मानसिक स्वास्थ्य सम्मेलनमा गरेकी हुन् ।
सम्मेलनमा इलियानाले आफ्नो अनुभव सेयर गर्दै भनिन्, ‘मे जहिले पनि सेल्फ कन्सियस व्यक्ति थिएँ । म हर समय आफूलाई कमजोर र दुःखी महसुस गर्थेँ । मलाई यो पनि थाहा थिएन म डिप्रेशनमा छु । जब यो कुरा मैले थाहा पाएँ, मैले जाने डिस्मर्फिक डिसअर्डरको शिकार रहेछु ।’
‘म जे गर्थे, म चाहन्थे सबैले त्यसलाई स्वीकार गरुन्,’ इलियानाले भनिन्, ‘तर, सँधै त्यस्तो हुँदैन थियो । एक समय मलाई आत्महत्या गर्ने पनि सोच आयो । म सबै कुरा खत्तम गर्न चाहन्थेँ । तर, बिस्तारै सबै कुरा बदलियो र मैले आफैलाई जस्तो छु त्यस्तै रुपमा स्वीकार गर्न थाले । रोगसँग लड्ने मैले आफै पहलकदमी लिएँ । जब मैले आफूलाई स्वीकार गर्न थाले, अहिले सबै कुरा ठीक भएको छ ।’
उनले डिप्रेशसनसँग लड्नका लागि पहिले आफूले कदम उठाउनुपर्ने पनि बताइन् । ‘यसलाई त्यतिकै छाड्न हुँदैन, अघि बढेर उपचार गर्नुपर्छ,’ इलियानाले भनिन्, ‘म चमत्कारिक ढंगले ठीक भएकी होइन । यसलाई केही समय लाग्छ । हरेक दिन थोरै सुधार हुन्छ । हामी सबै मानिस हौँ र हामी सबैमा कमी हुन्छ । हामी स्टारहरुलाई हेर्नुहोस्, तपाईंहरुलाई हामी कति सुन्दर लाग्छ होला । तर यति तयार हुन हामीलाई दुई घण्टा लाग्छ । आफूलाई माया गर्नुहोस्, तपाईं धेरै खुसी रहनुहुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु