बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पति–पत्नीबीच झगडापछि विमानको आपतकालीन अवतरण

मङ्गलबार, २१ कात्तिक २०७४, १२ : ५६
मङ्गलबार, २१ कात्तिक २०७४

दिल्ली– कतार एयरवेजको दोहाबाट बाली जाने विमान एक दम्पतीवीचको झगडका कारण आपतकालीन अवतरण गराइएको छ । विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको हो । इरानी जोडी छुट्टि मनाउन बाली जाँदै थिए । 

उडानका बेला महिलाले आफ्नो पतिको मोवाइल हेरिन्, अनि थाहा भयो कि पतिका अरु कसैसँग प्रेमसम्बन्ध छ । रिसमा आएकी पत्नीले पतिसँग झगडा गर्न थालिन्, जसका कारण विमानको चेन्नईमा अवतरण गराउनुपर्यो ।

यो दम्पती र उनका बच्चालाई चेन्नईमा छाडेर विमान बालीका लागि उडेको थियो । खासमा महिलाले सुतेका पतिको औला प्रयोग गरेर मोवाइल खोलिन र त्यहाँ भएका कुराकानी हेरिन् । 

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई सरकारी अधिकारीहरुले भनेका छन कि, जोडीसँग बच्चा पनि थिए र यो जोडीलाई चेन्नईबाट फेरि दोहा पठायो किनभने उनीहरुसँग भारतीय भिसा थिएन् । 

शुरुमा एयरवेजका कर्मचारीले ती महिलालाई शान्त गराउन कोशिष गरे । तर, पनि महिलाको रिस कम भएन । यो परिवार एक दिन चेन्नईमा बस्यो र त्यहाँबाट मलेशिया पठाइयो । कतार एयरवेजले नीजि मामला रहेको भन्दै यो विषयमा केही प्रतिक्रिया दिन मानेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप