अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक पदमार्ग शुरु
बेँसीशहर, लमजुङ - अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्गको शुरुवात गरिएको छ । मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले वैकल्पिक पदमार्ग निर्माण गरेको हो ।
बेँसीशहरबाट खुदीसम्म निर्माण सम्पन्न वैकल्पिक मार्गको एक कार्यक्रमबीच सोमबार उद्घाटन गरिएको हो । पूर्व सांसद जमिन्द्रमान घलेले उक्त पदमार्गको उद्घाटन गर्नुभएको हो । पदमार्ग उद्घाटनसँगै कार्यक्रमका सहभागीले पदयात्रासमेत गरेका थिए ।
अहिलेको अन्नपूर्ण पदमार्गमा मोटरबाटोका कारण अवधि छोटिँदै जानु र सवारीकै कारण पदयात्रामा अनेक समस्या आउन थालेपछि नयाँ विकल्प खोजिएको वैकल्पिक पदमार्ग निर्माण समिति सचिव पूर्णबहादुर गुरुङले बताए ।
“पदमार्ग छोटिँदा र सवारी समस्याका कारण पर्यटकको संख्या अघिल्ला वर्Èको अनुपातमा बढ्न सकेको छैन”, गुरुङले भन्नुभयो, “ विगतको अनुपातमा पर्यटक घट्दै गएका कारण उनीहरुलाई आकर्Èित गर्न नया“ मार्ग आवश्यक भयो ।”
पैदलयात्रा मार्गको निर्माण र शुरुवातसँगै यस Ôेत्रमा रहेका पर्यटकीय Ôेत्रको प्रचारप्रसार र नया“ पर्यटकीय गन्तव्यको खोजीमा समेत लागिपरेको वैकल्पिक पदमार्ग अभियन्ता एवं पर्यटन व्यवसायी त्रिपल टी गुरुङले बताए ।
“वैकल्पिक पदमार्गसँगै नयाँ गन्तव्यको प्रवद्र्धन गर्छौं”, गुरुङले भन्नुभयो, “अन्नपूर्ण पदमार्गको पहिलेको साखलाई जीवित राख्दै विश्वभर सकारात्मक प्रभाव पार्दै स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउने लक्ष्य छ ।”
बेँसीशहरको पुमाखोलाबाट मस्र्याङ्दी गाउँपालिकाको खुदीसम्म वैकल्पिक पदमार्ग निर्माण भइसकेको छ । उक्त पदमार्गमा पर्यटन बोर्डको सहयोगमा पर्यटकीय पथप्रदर्शक सूचना राख्नुका साथै, सिँडी लगाउने, जोखिमस्थानमा जाली लगाउने, खोलामा काठेपुल राख्नेजस्ता काम गरिएको छ ।
खुदीदेखि बाहुनडाँडा, स्यागे हुँदै मनाङका विभिन्न गाउँलाई जोडेर पदमार्ग निर्माणाधीन अवस्थामा रहेको पनि समितिले जनाएको छ । पदयात्रा छोट्टिएसँगै धरापमा रहेका होटल व्यवसायी पनि वैकल्पिक पदमार्ग सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।
सदरमुकाम बेँसीशहर भएर वार्षिक २५ हजारको हाराहारीमा पर्यटक अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । पहिले–पहिले बेँसीशहरबाट शुरु भएको अन्नपूर्ण पदयात्रा मनाङ, मुस्ताङको मुक्तिनाथ, जोमसोम, म्याग्दी हुँदै २१ दिनमा पोखरामा टुङ्गिन्थ्यो । पछिल्लो समय दुवैतर्फबाट मोटर सञ्चालन भएपछि २१ दिनको यात्रा एक सातामा टुङ्गिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न