बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हालै राजिनामा दिएका लेबनानी प्रधानमन्त्रीलाई साउदीको स्वागत

सोमबार, २० कात्तिक २०७४, १९ : ०५
सोमबार, २० कात्तिक २०७४

रियाद – साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुलाजिज अल साउदले हालै राजिनामा दिएका लेबनानका प्रधानमन्त्री सायद हरीरीलाई आफ्नो देशमा स्वागत गरेका छन् ।   लेवनानी नेता हरीरीले साउदी अरबको भ्रमणमा रहेकै बेला शनिबार अनपेक्षित रुपमा राजिनामा दिएको थियो ।

आफ्नो जीवन खतरामा रहेको र देशमा राजनीतिक संकट उत्पन्न भइरहेकाले आफुले राजिनामा दिएको उनले बताएका छन् ।  कतिपय विश्लेषहहरुले अमेरिकी र साउदी सेनाले लेवनानमा हेजबुल्लाह विरुद्ध कारबाही सुरु गर्न लागेकाले राजिनामा दिएको बताएका छन् । 

दुई पटक लेवनानको प्रधानमन्त्रीमा निर्वाचित हरीरीले राजिनामा दिएपछि लेवनानमा राजनीतिक संकट गहिरिएको छ । हरीरीका पिता रफिकको प्रधानमन्त्री नै रहेको समयमा सन् २००५ मा हत्या गरिएको थियो । रफिकको हत्यामा इरान तथा लेवनानी सिया समूह हेजबुल्लाहको सम्लग्नता रहेको बताइदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप