शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ६५ औं शाखा झापाको हल्दिबारीमा

सोमबार, २० कात्तिक २०७४, १८ : २८
सोमबार, २० कात्तिक २०७४

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५ औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ ।  यहि कार्तिक२० गते सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात  गर्दै उद्घाटन गरका थिए ।


 उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई देशैभरी फैलिएका बैंकको ६५ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।

साथै आफ्नो ग्राहकहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप