शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

‘शिला गजब छ’ भन्दै देखिइन् अभिनेत्री प्रिया

सोमबार, २० कात्तिक २०७४, १४ : ०१
सोमबार, २० कात्तिक २०७४

काठमाडौं – अभिनयबाट हराएकी अभिनेत्री प्रिया रिजाल फेरि अभिनयमा देखिदै छिन् । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सकस’को आइटम गीतमा उनको नै अभिनय देख्न सकिन्छ ।

केशव जोशी ‘आकाश’को शब्द तथा जुनु रिजालको स्वर रहेको ‘शिला गजब छ’ गीतमा चेतन सापकोटाले संगीत दिएका छन् । गीतमा प्रियाका अलवा अभिनेता सुन्दर श्रेष्ठ, प्रज्वल गिरी लगायतका कलाकार माथी फिचरिङ गरिएको छ । 

दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डाँगी हुन् । हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन चलचित्रमा रहेको छ । 

राजधानीमा हुने गरेको गुण्डागर्दीको कथावस्तुमा आधारित यो चलचित्र एनवी महर्जनले निर्देशन गरेका हुन् । विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप