शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु गौरादह र तरहरामा

सोमबार, २० कात्तिक २०७४, १३ : ०५
सोमबार, २० कात्तिक २०७४

 
काठमाडौं–एनआईसी एशिया बैंकको  थप २ नयाँ शाखाहरु, गौरादह नगरपालिका वडा नं. ०३, झापा र ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरा, सुनसरीमा सोमबारदेखि सञ्चालनमा आएको छ । 
गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहबाट गौरादह शाखाको र ईटहरी उप– महानगरपालिकाका मेयरी  द्वारिकलाल चौधारीबाट तरहरा शाखाको समुद्घाटन गरिएको हो । 

थप  २ शाखाको समुद्घाटनसँगै हाल बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा पनि चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप