बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डोल्माको नाममा जम्मा भएको ३१ लाख  एनआरएनएद्वारा झ्वाम !

सोमबार, २० कात्तिक २०७४, १२ : १८
सोमबार, २० कात्तिक २०७४

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनअारएनए)ले पूर्व निर्णयलाई वेवास्ता गर्दै डोल्मा शेर्पाको लागि संकलित रकम आफ्नै खातामा जम्मा गरिने जनाएको छ । २००८ मा  कुवेतमा मृत्युदण्डको सजायँ पाएकी गोर्खाकी डोल्मा शेर्पाको ज्यान बचाउन भन्दै विश्वभरबाट रकम संकलन गरिएको थियो । 

 गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले आठौं विश्व सम्मेलनमा संकलित रकम डोल्मा शेर्पालाई हस्तान्तरण गरिने वताएका थिए । शेर्पाका लागि संकलित रकम मध्यको ३१ लाख रुपयाँ उनलाई प्रदान नगरि संघकै खातामा रहने जनाइएको छ ।

ब्लड मनिका लागि  गैर आवासीय नेपाली संघले २००८ को मार्च देखि अक्टोवरसम्ममा रु. ३७ लाख ४९ हजार ७४१ संकलन गरेको थियो । संकलित रकमबाट शेर्पाका छोराको पढाई खर्चका लागि अक्षय कोष संचालन गर्न २००८ मा तिन लाख रुपयाँ हस्तान्तरण गरिएको संघका प्रवक्ता भुषण घिमिरेद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

  प्रवक्ता  घिमिरेले संकलित रकम आठौं विश्व सम्मेलनमा शेर्पालाई हस्तान्तरण गर्ने विषयमा सातौं कार्यसमितीमा निर्णय भएको नभेटिएको वताए । सजायबाट मुक्त गर्नका लागि रकम संकलन गरिएको तर जेलमुक्त भईसकेपछि संकलित रकम उनिलाई नै प्रदान गर्ने निर्णय नगरिएको वताए । विभिन्न प्रयोजनका लागि उठाइएको रकमबाट वचेको आर्थिक आपतकालिन वैदेशिक रोजगार कोषमा जम्मा हुने गरेको उनले वताए । 

नेपाल फिर्ता भइसकेपछि पनि शेर्पालाई संकलित रकम हस्तान्तरण गर्नुपर्छ भन्नु तर्कसंगत नहुने घिमिरेले वताए । आर्थिक समस्या परेका नेपालीको संख्या लाखौं रहेको वताउदै घिमिरेले भने ‘सजाय भुक्तान गरिसकेपछि पनि उनलाई रकम दिने वारे कहिं निर्णय गरिएको छैन ।’  विगतमा भएको निर्णयलाई सार्वजनिक गरिएको उनले वताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप