बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभा समाज बेलायतमा गोर्खा सैनिक निर्वाचित

सोमबार, २० कात्तिक २०७४, १० : ४५
सोमबार, २० कात्तिक २०७४

लण्डन–संखुवासभा समाज वेलायतको क्षेत्रिय संगठनमा पूर्व गोर्खा सैनिक रिटायर्ड सार्जन्ट चित्र गोमदेन,कर्पोरल भिम आले मगरलगायत निर्वाचित भएका छन् । त्यस्तै संघमा श्रीमती बसुन्धरा याक्खा राई अध्यक्षमा चयन भएकी छन् ।
केन्टस्थित आश्फोड मतदान केन्द्रमा भएको मतदानमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो । संखुवासभा समाज बेलायतको छैठौ राष्ट्रिय महाधिवेशनमा प्रतिद्वन्द्वीहरुले उम्मेदवारी फिर्ता लिएपछि राई सहमतिमा अधयक्ष चयन भएकी हुन् । 
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा नैनसिंह गुरुङ्ग, उपाध्यक्षमा टीका लोहोरुङ्ग,सेमन्त राई, श्रीमती हेमकला गुरुङ्ग राना चयन भएका छन् । महासचिबमा टेक कुलुङ्ग राई  विजयी भए भने सचिब पदमा श्रीमती सीता राई, उपमाहसचिबमा भिम आले मगर, मणि लोहोरुङ्ग राई कोषाध्यक्षमा दोस्रो गोर्खा रेजिमेन्टबाट गतसाल अवकाश भएका पूर्व यातायात सेकेन्ड इन कमान्ड सार्जन्ट चित्र गोमदेन तामाङ्ग, सह(कोषाध्यक्षमा गजेन थकलङ्ग लिम्बु, तुलविर वनेम लिम्वु र बलराम राई निर्वााचित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप