शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डीसीमा ‘छक्का पन्जा २’ हेर्नेको घुइँचो

सोमबार, २० कात्तिक २०७४, १० : ४४
सोमबार, २० कात्तिक २०७४

 अमेरिका– दीपाश्री निरौला निर्देशित तथा दीपकराज गिरी र विभिन्न हाँस्य कलाकार मिलेर बनाएको चलचित्र ‘छक्का पन्जा २’ हेर्ने डिसीमा घुइँचो लागेको छ । 
अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको उक्त चलचित्र हेर्न दुई दिन देखि भएको अविरल वर्षामा पनि बिभिन्न पेशामा संलग्न व्यक्तिहरु चलचित्र हेर्न आएका थिए । 
चलचित्र हेरेपछि अधिकांश दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । उनिहरुले चलचित्रको कथावस्तु राम्रो लागेको तथा मनोरन्जपुर्ण रहेको बताए । त्यस्तै कतिपय दर्शकले नायीका प्रयंका कार्कीको भूमिका राम्रो भएको प्रतिकृया दिए । चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ हास्य व्यंग्य शैलीमा उठान गरेकोले मन परेको उनिहरुको भनाई छ । 
दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको राम्रो भूमिका रहेकोले सन्तुष्ट भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप