शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया

आइतबार, १९ कात्तिक २०७४, १९ : ५८
आइतबार, १९ कात्तिक २०७४

पोखरा –डायफाग्म्याटिक हर्नियाको अन्नपूर्ण बाल तथा महिला अस्पताल पोखराले सफल सल्यक्रिया गरेको छ ।  अस्पतालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक डा सुशील ढुंगेलले पर्वतको धायरिङ गाउँपालिका–७ का प्रेम परियार र आयुषा परियारका नवजात शिशुको फोक्सो र कलेजोको बीचमा हुने गम्भीर डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया गरेको जानकारी दिए ।

लगभग पाँच हजारमा एकजनामा यस्तो समस्या हुने गरेको बताउँदै उनले काठमाडौँमा यसको शल्यक्रिया हुने गरे पनि काठमाडौँ बाहिर पहिलोपटक पोखरामा यो शल्यक्रिया गरिएको बताए ।  

डा सुशील ढुंगेल, डा विधान घिमिरेलगायत चिकित्सकको टोलीले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप