पोखरामा डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया
आइतबार, १९ कात्तिक २०७४, १९ : ५८
पोखरा –डायफाग्म्याटिक हर्नियाको अन्नपूर्ण बाल तथा महिला अस्पताल पोखराले सफल सल्यक्रिया गरेको छ । अस्पतालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक डा सुशील ढुंगेलले पर्वतको धायरिङ गाउँपालिका–७ का प्रेम परियार र आयुषा परियारका नवजात शिशुको फोक्सो र कलेजोको बीचमा हुने गम्भीर डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया गरेको जानकारी दिए ।
लगभग पाँच हजारमा एकजनामा यस्तो समस्या हुने गरेको बताउँदै उनले काठमाडौँमा यसको शल्यक्रिया हुने गरे पनि काठमाडौँ बाहिर पहिलोपटक पोखरामा यो शल्यक्रिया गरिएको बताए ।
डा सुशील ढुंगेल, डा विधान घिमिरेलगायत चिकित्सकको टोलीले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)