शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा

आइतबार, १९ कात्तिक २०७४, १८ : ३३
आइतबार, १९ कात्तिक २०७४

 काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ शाखाका रुपमा संचालनमा आएको हरिवन शाखा कार्यालयको एक कार्यक्रमकाबीच कम्पनीका नायब महाप्रबन्धक कोषराज सुबेदीले उदघाटन गरेका छन ।

नयाँ शाखाको उदघाटन गर्दै सुवेदीले कम्पनीले सेवा सुविधालाई प्राथमिकतामा राखी कार्य गरिरहेकाले बिमितहरु, अभिकर्ताहरु लगायत सबै पक्षहरु लाभान्वित हुने बताए ।

२ अर्ब १५ करोड जारी तथा चुक्ता पूंजी रहेको यस कम्पनीले नयाँ बानेश्वरमा आवश्यक पूर्वाधारयुक्त कर्पोरेट कार्यालय स्थापना गरेको छ । प्रारम्भिक चरणमा कम्पनीले बीमा समितिबाट ३७ वटा शाखाहरु कार्यालय संचालकनको स्वीकृती प्राप्त गरेको छ । आगामी दिनमा कम्पनीले क्रमिक रुपमा शाखाहरुको संख्या बढाउदै लैजाने छ ।

गत असोजबाट कारोवार आरम्भ गरेको यूनियन लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन भने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहेका छन । 

यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, न्यौपाने ग्रुप, गाडिया ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर रहेका छन् ।
हाल कम्पनीका सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक जीवन बीमा, बाल सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार जीवन बीमा योजनाहरु रहेका छन् ।

 निकट भविष्यमा कम्पनीले प्रभावकारी बीमा योजनाहरु ल्याउने तयारीमा रहेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप