शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्य महासङ्घ यकेले मनायो १०९ औ महाकवि देवकोटा जयन्ती

आइतबार, १९ कात्तिक २०७४, १३ : २२
आइतबार, १९ कात्तिक २०७४

वेलायत–विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती एक कार्यक्रमका मनाएको छ । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पछि गीतकार टि माया राईले देवकोटाको जीवनी प्रस्तुत गरेका थिए ।
अक्टोबर ४ मा भएको कार्यक्रममा स्रष्टाद्धय दिपेन्द्र थूलूङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरिएको थियो । साथै महासङ्घ केन्द्रले रसियन भाषामा प्रकाशित कविता संग्रह‘नेपाली कविता कुञ्ज’ लाई सम्मान गरिएको थियो । 
कार्यक्रममा कवि घन थापा, टि माया राई, अमित थेबे, लोक बहादुर गुरुङ, लाहाङ चेम्जोङ, बिजय हितान, विश्वास दीप तिगेला, औतारी साईला र चन्द्रावती राईले आफ्ना सिर्जना वाचन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप