शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नोकरी छाड्ने भए अपनाउनुहोस् यस्ता शानदार तरिका

शनिबार, १८ कात्तिक २०७४, १३ : ०३
शनिबार, १८ कात्तिक २०७४

 
बीबीसी– बिहिवार एउटा अनौठो घटना भयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट अचानक डिलिट भयो र लगभग ११ मिनेपछि फेरि सुचारु भयो ।
ट्रम्पको ट्वीटर एकाउन्ट डिलिट भएलगत्तै सोसल मिडिया निकै हल्लीखल्ली भयो । कसैलाई लाग्यो सायद ट्रम्पको एकाउन्ट ह्याक भयो, कसैका लागि यो मानवीय भूल जस्तो लाग्यो ।
जे होस्, जव यो रहस्यमय घटनाको पर्दा उत्रियो, थाहा भयो कि यो काम ट्वीटरकै एक कर्मचारीबाटै भएकै हो ।
विहिवार ट्वीटरमा काम गर्ने ती कर्मचारीको अन्तिम दिन थियो, नोकरी छाड्ने आफ्नो यो तरिकाले उनले आफुलाई संसारभर समझनयोग्य बनाए ।
नोकरी छाड्नु हाम्रो करियरको एक ठूलो फैसला हुन्छ । कैयौ पटक पुरानो कार्यलयबाट तनाव भएर, तलवबाट असन्तुष्ट भएर वा अन्य स्टाफसँग कुरा नमिलेर नोकरी छाड्ने निर्णय गरिन्छ ।
नोकरीका कतिपय यस्ता पनि मौका हुन्छन्, खुसीले नै नोकरी छाडिन्छ, ताकि गरिरहेको भन्दा राम्रो अवसर अनेत्र भेटिन्छ ।
जे सुकै भएपनि नोकरी छाड्ने विषयमा आफ्ना हाकिम वा साहुलाई भन्नु निकै गा्रहो काम हुन्छ ।
बीच फ्लाइटमा नोकरी छाडे


सन १०१० मा स्टीवन स्लेटर नामका एक एयर स्टीवर्ड हवाई उडानका बेला आफ्ना यात्रीबाट यति तनाव झेलेको कि, उनले पिर्टसबर्गबाट न्यूयोर्क जाने फ्लाइटमै बिचमा नोकरी छाडे ।
फ्लाइटका बेला यात्रीलाई सम्झाए कि, धेरै समान बोकेर यात्रा नगर्नुस्, तर कतिपय यात्रुले उनको भनाई नजरअन्दाज गरे ।
त्यसपछि स्टीवनले फ्लाइटमै इन्टरकमबो माध्यमबाट घोषणा गरे, ‘उनी सवैलाई धेरै धेरै धन्यावाद, जसले मलाई पछिल्लो २० बर्षसम्म साथ दिए ।’
स्टीवनले वियर उठाए र नोकरीलाई गुडवाई भने । तर, पछि यसरी नोकरी छाडेको भनेर उनले आफ्नो कम्पनीलाई १० हजार डलरको जरिवाना तिर्नुपर्यो ।
केकमा लेखियो नोकरी छाडेको सन्देश


यो सन २०१३ को कुरा हो, क्रिस डोल्मस विमानस्थलको सीमावलका काम गर्दथे । नोकरी बदल्ने निर्णयाको सन्देश उनले केकमा लेखेर उपहार दिए ।
जव उनी केक बनाउने विजनेशमा आए, चार बर्षपछि उनी अहिले आफ्नो नोकरी छाडने निर्णयप्रति खुसी छन् ।
उनी भन्छन्, ‘म आफ्नो पुरानो नोकरीबाट धेरै तनावमा थिए र जीवनमा केही नयाँ गर्न चाहन्थे । यसैले मैले नोकरी छाडेर कके बनाउने विजेनस शुरु गरे ।’

नाचेको भिडियो हालेर छाडिन् नोकरी
मारिया शिफरिन ताइवानमा एक एनिमेटरको नोकरी गर्थिन । उनले नोकरी छाडेको सूचना यूट्यूवमा आफ्ना नाचेको भिडियो राखेर गरिन् । त्यस भिडियोमा उनी खाली अफिसमा नाचेकी थिइन् ।
उनले भिडियोको साथ लेखेकी थिइन्, ‘मेरा साहुका लागि यो डान्स ।’ उनको भनाइ थियो कि, ‘मेरो साहु भिडियोमा कति दर्शक आए, यसको चिन्ता लिन्थे । यसैले मैले नोकरी छाडने निर्णयमा आफ्नै भिडियो बनाउने सोचेँ ।’
उनको भिडियो करीव दुई करोडले हेरे । त्यसको बदलामा कम्पनीले उनको नाममा एक भिडियो बनाएर यूट्यूवमा हाले ।
 

बैन्डबाजाका साथ साहुलाई राजीनामा
रोक आइलैन्डमा एक होटलका कर्मचारलिे सन २०११ मा जव नोकर िछाडने निर्णय लिए, उनी पुरै बैन्डबाजाका साथ कार्यलय आए र साहुलाई राजीनामा दिए ।
जाय डी फ्रान्सेसको गतिविधिलाइए भिडियो बनाइयो र अनलाइन पोष्ट गरे । केही छिनमै भाइरल बन्यो ।
जायले भने, ‘कर्मचारी र व्यवस्थापनको बीचमा लामो समयदेखि यूनियनको सदस्यताका विषयमा विवाद थियो । यसैले हामीले लामो समयदेखि यसरी नोकरी छाडने विचार गरेका थियौँ ।’
उनको भिडियो करिव ६० लाख मानिसले हेरे । जाज आज नयाँ ठाँउमा काम गर्छन र गित गाउँछन् ।
 
आफैको नग्न कार्टुन बनाए
अस्टेलियाको एक पत्रिकामा नोकरी गर्ने ल्यूक बैन्जलाई जव थाहा भयो कि उनको ठाँउमा अर्को व्यक्तिलाई नोकरीमा राखिदैछ, उनले बढो गजवको उपाय निकाले ।
पत्रिकाका साथ अन्तिम अंक उनले नियन्त्रणमा लिए । त्यहाँ लागेका तस्वीर बदले र अश्लील बनाइदिए । पत्रिकाको फ्रन्ट पेजमा उनले आफ्नो नग्न कार्टुन बनाएर राखे ।
अस्टे«लियाका मिडियाका अनुसार जव तक प्रकाशकले यसवारेमा थाहा भयो, त्यतिबेलासम्म मेलवर्नमा पत्रिकाको ३५ हजार प्रति विक्री भैसकेको थियो । पछि पत्रिकाले आफ्ना पाठकसँग माफी माग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप