मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नाकबाट रगत बग्छ ? उच्च रक्तचापको संकेत

शनिबार, १८ कात्तिक २०७४, १२ : ५३
शनिबार, १८ कात्तिक २०७४

उच्च रक्तचाप आधुनिक जीवनशैलीमा ४० वर्षको उमेरआसपासमा हुन्छ । हिजोआज यो आम स्वास्थ्य समस्या बन्न पुगेको छ । सामान्य अवस्थामा स्वस्थ व्यक्तिको उच्च रक्तचाप १२० तथा न्यूनतम ८० हुन्छ । स्वस्थ व्यक्तिका लागि रक्तचाप सामान्य रहन बहुत जरुरी छ । दुनियाँभर धेरै संख्यामा उच्च रक्तचापको समस्याबाट ग्रसित बिरामी छन् । उच्च रक्तचापको कारण धमनीमा रगतको दबाब बढ्न जान्छ । दबाब यसरी बढ्दै गएका कारण धमनीमा रक्तप्रवाह सुचारु हुनका लागि मुटुले अधिक मात्रामा काम गर्नुपर्ने हुन्छ । प्रायः पुरुषले यस समस्याको वास्ता नराखेको पनि पाइन्छ ।

 उच्च रक्तचापको प्रारम्भिक लक्षणमा सम्बन्धित व्यक्तिको शिरको पछाडि अथवा गर्दन दुख्छ ।

 यदि अधिक मात्रामा तनावमा रहेको महसुस गर्नुहुन्छ भने यो उच्च रक्तचापको संकेत हुन सक्छ । स–साना कुराले पनि रिस उठ्छ 

कहिलेकाहीँ आफूले गरेका निर्णय सही हुन् या गलत भन्ने यकिनसमेत गर्न सक्दैनन् ।

 उच्च रक्तचापका कारण रिंगटा लाग्ने हुन सक्छ । कहिलेकाहीँ शरीरमा भएको कमजोरीका कारण पनि रिंगटा लाग्न सक्छ । यस्तो समस्या देखियो भने चिकित्सकसँग परामर्श लिन जरुरी छ ।

 यदि तपाईं सामान्य काम गर्दा पनि थकान महसुस हुन्छ । घरको सिँढी चढ्दा पनि निकै थकान महसुस हुन सक्छ । यस्तो हुन्छ भने उच्च रक्तचापले ग्रस्त बनाएको हुन सक्छ ।

 सास फेर्न गाह्रो हुने, लामो सास आउनेजस्ता समस्या देखियो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुहोस् । यो उच्च रक्तचापले ग्रस्त भएको संकेत पनि हो । यति मात्रै होइन, नामबाट खुन आउने पनि हुन सक्छ ।

 उच्च रक्तचापका रोगीलाई रातमा निद्रा लाग्न हम्मेहम्मे पर्छ ।

 तपाईंको मुटुको धड्कन पहिलेभन्दा बढ्दै गएको हुन सक्छ । मुटु दुख्न सक्छ ।

 कहिलेकाहीँ कतिपय पुरुषमा उच्च रक्तचापसम्बन्धी केही लक्षण नदेखिन पनि सक्छ । यी कुरा चेकअपपछि मात्रै जानकारी हुन्छ । उच्च रक्तचापका कुनै पनि लक्षण देखिँदैन भने किड्नी अथवा मुटुका लागि घातक हुन सक्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप