शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्

शनिबार, १८ कात्तिक २०७४, १२ : ४१
शनिबार, १८ कात्तिक २०७४

राजधानीसँगै देशभरको वातावरण चिसो हुँदै छ । चिसो बढेसँगै सर्वसाधारण शरीरको सुरक्षाका लागि न्यानो कपडा किन्न थालेका छन्, तातो खानेकुरामा जोड दिन थालेका छन् । चिसोले छोयो भने विभिन्न समस्या देखा पर्छ । ज्वरो, रुघाखोकी, दम, झाडापखाला, जन्डिस, टाउको दुख्नेजस्ता समस्या देखा पर्छन् । सो कारण चिसो मौसम सुरु भएसँगै आफ्नो सुरक्षामा पनि ख्याल गर्नुहोस् ।

बिहान मात्रै होइन, दिनभरि तातो पानी सेवन गर्नुहोस् ।

 तातो तथा झोलिलो सुप खानुहोस् । बदामले पनि शरीरलाई न्यानो प्रदान गर्दछ । तातो सुपले पानीको आवश्यकता पूरा गर्छ भने ताप र अन्य पौष्टिक तत्व पनि प्रदान गर्छ ।

 तातो पानीमा मह मिसाएर खाने हो भने शरीरमा ताप प्रदान गर्दछ ।

 स्वस्थकर खानेकुरामा जोड दिनुहोस् ।

 शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा आवश्यक पर्छ । प्रशस्त मात्रामा निदाउनुहोस् ।

घरबाट निस्किएसँगै मास्कको प्रयोग गर्नुहोस् । यसले भाइरस संक्रमणबाट बचाउन मद्दत गर्दछ ।

 व्यायाममा जोड दिनुहोस् । निरन्तरको व्यायामले शरीर फुर्तिलो हुन्छ ।

 शरीरलाई आवश्यक पर्ने भिटामिन डीयुक्त खानेकुरा दूध, हरियो सागसब्जी, अन्डा, माछामासुलगायत खानेकुरा अधिक मात्रामा खाने गर्नुहोस् । याद गर्नुहोस्, भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाउँछ र शरीर स्वस्थ रहन सक्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप