शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ढाड तथा कम्मर दुख्नबाट बच्न के गर्ने ?

शनिबार, १८ कात्तिक २०७४, १२ : ३८
शनिबार, १८ कात्तिक २०७४

डा. आकाश पोखरेल हाडजोर्नी तथा नसारोग विशेषज्ञ गोर्खा पब्लिक हस्पिटल प्रालि, दाङ

नेपालमा ढाड दुख्ने बिरामीको संख्या बढ्दै गएको छ । झन्डै ८० प्रतिशत व्यक्ति जिवनकाे कुनै पनि समयमा याे समस्याबाट पीडित छन् । आजभोलि बसेर काम गर्ने प्रवृत्ति बढ्दै गएको छ । यति मात्रै होइन, व्यायाम नगर्ने र खानपानमा बेवास्ता गर्नेलगायतका कारणले ढाड दुख्ने बिरामी बढ्दै छन् । त्यसैले ढाड दुखेपछि उपचारका लागि अस्पताल भौँतारिनुभन्दा दुख्न नदिनु नै बुद्धिमानी हुन्छ । तल दिइएका केही टिप्स ढाड दुख्नबाट बचाउन महत्वपूर्ण बन्न सक्छ :

 अफिसमा काम गर्दा बसाइ मिल्दैन र ढाड दुख्छ । लामो समयसम्म कुर्सीमा बस्नेहरूमा यो समस्या भेटिएको छ । धेरै समयसम्म कुर्सीमा बस्दा ढाडलाई सीधा पारेर बस्नुहोस् । र, तल्लो ढाडमा सपोर्ट राखेर बस्नुपर्छ ।

 कतिपय मानिस बढी गहु्रँगो सामान बोक्ने गर्छन् । यसो गर्नु हुँदैन । बढी गह्रौँ सामान बोक्दा सीधा असर ढाडमा पर्छ ।


 अगाडि झुकेर गर्ने काम कम मात्रामा गर्नुपर्छ ।

 शरीरको तौल बढी छ भने घटाउनुहोस् । किनकि, पेट बढ्यो भने ढाडको ब्यालेन्स मिल्दैन । ढाड पछाडि धकेलिन्छ । मोटोपनसँगै ढाडमा दबाब पर्न जान्छ र ढाड दुख्छ ।

 धेरै नरम ओछ्यानमा नसुत्नुहोस् । किनकि, कोमल ओछ्यानमा ढाड सीधा हुन पाउँदैन । ढाड बीचमा गढ्छ र ढाड दुख्न थाल्छ ।

 अग्लो जुत्ताचप्पल लगाउन बन्द गर्नुहोस् । यस्ता जुत्ताचप्पलले ढाडमा चाप पर्छ ।

 लामो समयसम्म गहु्रँगो हातेब्याग बोक्ने गर्नुहुन्छ भने अबदेखि बन्द गर्नुहोस् । हातको एक भागमा बढी असर पर्नेसँगै ढाडमा असर पनि 
पर्न जान्छ ।

 चुरोट, रक्सी खाने गर्नुहुन्छ भने बन्द गर्नुहोस् । यसले समग्र स्वास्थ्यमा असर पर्छ नै, ढाडमा पनि अधिक असर गर्छ । चुरोटले रक्तसञ्चार कम गर्छ । हड्डी कमजोर गराउँछ ।

 क्याल्सियम र भिटामिन डीयुक्त खानेकुरामा जोड दिनुहोस् । जस्तै– दूध, दही, हरियो सागसब्जी, अन्डा, माछामासुलगायत खानेकुरा अधिक मात्रामा खाने गर्नुहोस् ।

 नियमित व्यायाम गर्ने बानीको विकास गर्नुहोस् । नियमित व्यायामले ढाडवरिपरिको मासु बलियो बनाउनुका साथै रक्तसञ्चार राम्रो गराउँछ । हड्डी बलियो बनाउँछ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप