बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्रेस हुँदा उपयोगी टिप्स

शनिबार, १८ कात्तिक २०७४, १२ : २९
शनिबार, १८ कात्तिक २०७४

डा. दीपक चतुर्वेदी जनरल फिजिसियन भोपाल, भारत

व्यस्त जीवनशैली तथा विभिन्न अभावका कारण मान्छे स्ट्रेसको सिकार बन्छ । ठूलो युवापंक्तिमा स्ट्रेसको खतरा बढी देखिन्छ । पढाइका कारण पनि युवाहरूमा स्ट्रेस भएको पाइन्छ । स्ट्रेस भयो भने तत्काल चाल्न सकिने उपयोगी टिप्स छन् :

स्ट्रेस भयो भने तत्काल शान्त हुनुहोस् र तीनपटक गहिरो श्वासप्रश्वास गर्नुहोस् 

यस अवस्थामा दुवै हात माथि फर्काएर दुई मिनेटसम्म स्ट्रेचिङ गर्नुहोस् ।

स्ट्रेस भएका वेला चिसो पानी पिउँदा पनि राहत मिल्छ ।

स्ट्रेस भएका वेला आफूलाई मनपर्ने कुनै संगीत सुन्नुहोस् या मन पर्ने किताब पढ्नुहोस् ।

स्ट्रेस हँुदा एक्लै सकेसम्म नरहनुहोस्, परिवारका सदस्य या साथीको साथमा समय बिताउनुहोस् ।

स्ट्रेस भएको अवस्थामा २० देखि ३० मिनेटसम्म शारीरिक कसरत गर्नुहोस् ।

कुनै विषयमा तनाव बढ्दा स्ट्रेस हुन्छ । यस्तो वेला तनावबाट मुक्त हुन हाँस्ने कोसिस गर्नुहोस् ।

स्ट्रेसका वेला चुरोट र रक्सी सेवन नगर्नुहोस् ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप