शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा कस्तो छाला कसरी गर्ने केयर ?

शनिबार, १८ कात्तिक २०७४, १२ : १७
शनिबार, १८ कात्तिक २०७४

कल्पना शाक्य ब्युटिसियन, साथी ब्युटिपार्लर  

जाडोमा छाला फुट्ने समस्या बढी नै हुन्छ । धेरैजसो मानिस यस्तो समस्या समाधान गर्न मोस्चराइजर र अन्य सौन्दर्य सामग्री प्रयोग गर्छन् । तर, घरमै सरल तरिकाले प्राप्त हुने घरेलु सामग्रीबाट पनि छालाको स्याहार गर्न सकिन्छ :

नर्मल स्किन
कागतीको रस केही थोपा, जैतुनको तेल र अन्डा मिसाएर अनुहारमा लगाउनुहोस् र पाँच मिनेटपछि यसलाई धुनुहोस् ।

दूधको क्रिम, कागतीको रस, बदामको तेल मिलाएर अनुहार, घाँटी र हातमा प्रत्येक रात लगाउनुहोस् ।

रोज वाटर, कागतीको रस र ग्लिसिरिन मिसाएर एउटा बोतलमा राख्नुहोस् र त्यसलाई हातखुट्टामा लगाउनुहोस् ।

बन्दागोभीको रसमा थोरै मह राखेर अनुहार र घाँटीमा लगाउनुहोस् । यसले छालाको सुक्खापन र चाउरीपन कम हँुदै जान्छ ।

एलोभेराको रस अनुहारमा लगाउनाले छाला मुलायम रहन्छ ।

जैतुनको तेल र नरिवलको पानी बराबर मात्रा मिलाएर पूरा शरीरमा लगाउनुहोस् ।

ड्राई स्किन
एक कप ब्राउन सुगर, एक चम्चा दूधमा मिलाउने । त्यसलाई अनुहारमा लगाएर पाँच मिनेटसम्म राख्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् ।

स्याउको पेस्ट एक चम्चा, दूधको तर एक चम्चा, जौको पीठो एक सानो चम्चामा मह मिलाएर अनुहारमा लगाउनुहोस् । त्यसको १५ मिनेटपछि मनतातो पानीले धुनुहोस् ।

आयली स्किन
पेस्ट बनाएको स्याउमा ठूलो चम्चाको एक चम्चा मह हल्का तातो बनाएर राख्नुहोस् र त्यसलाई अनुहारमा लगाउनुहोस् । त्यो पेस्ट सुकेपछि अनुहारलाई सफा गर्नुहोस् ।

एउटा ठूलो रातो टमाटरको पेस्ट तयार गर्नुहोस् । त्यसमा एक चम्चा कागतीको रस र एक चम्चा जौको पीठो मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् ।

नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप