शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा भीषण बर्षा र बाढी

शुक्रबार, १७ कात्तिक २०७४, २१ : ५२
शुक्रबार, १७ कात्तिक २०७४

नयाँदिल्ली – भारतको तामिल नाडु राज्यको राजधानी चेन्नई क्षेत्रमा भीषण बर्षा र बाढी आएको छ ।  गत बिहीबारदेखि सुरु भएको बर्षाका कारण आएको बाढीले गर्दा कतिपय सडकहरुमा यातायात सेवा समेत अवरुद्ध भएको छ । 


धेरै ठाउँमा कार र ‘अटोरिक्सा’ पानीमा उत्रिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । 
बर्षा र बाढीका कारण चेन्नई र कान्चीपुरम लगायतका क्षेत्रमा शिक्षण संस्था, निजी कार्यालय लगायतमा विदाको घोषणा गरिएको छ । 


स्थानीय एक सरकारी अधिकारीले भने, “चेन्नई, कान्चीपुरम पुडुकोट्टी, तिरुभाल्लुर, नागाप्पाटिनम र तिरुभारुर लगायतका ठाउँका विद्यालय र कलेजहरु भारी बर्षाका कारण बन्द गरिएका छन् ।”  मुसलधारे बर्षाले कैयौं घण्टादेखि विद्युत् सेवामा समेत असर पारिरहेको अधिकारीहरुले बताएका छन् । 
चेन्नईमा रहेको जलवायु तथा मौसम विभागले शनिबार सम्म पनि बर्षा भइरहने पुर्वानुमान गरेको छ । 


अधिकारीहरुले प्रभावित क्षेत्रमा पर्याप्त चासो राख्न र राहत वितरण प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप