भारतमा भीषण बर्षा र बाढी
नयाँदिल्ली – भारतको तामिल नाडु राज्यको राजधानी चेन्नई क्षेत्रमा भीषण बर्षा र बाढी आएको छ । गत बिहीबारदेखि सुरु भएको बर्षाका कारण आएको बाढीले गर्दा कतिपय सडकहरुमा यातायात सेवा समेत अवरुद्ध भएको छ ।
धेरै ठाउँमा कार र ‘अटोरिक्सा’ पानीमा उत्रिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
बर्षा र बाढीका कारण चेन्नई र कान्चीपुरम लगायतका क्षेत्रमा शिक्षण संस्था, निजी कार्यालय लगायतमा विदाको घोषणा गरिएको छ ।
स्थानीय एक सरकारी अधिकारीले भने, “चेन्नई, कान्चीपुरम पुडुकोट्टी, तिरुभाल्लुर, नागाप्पाटिनम र तिरुभारुर लगायतका ठाउँका विद्यालय र कलेजहरु भारी बर्षाका कारण बन्द गरिएका छन् ।” मुसलधारे बर्षाले कैयौं घण्टादेखि विद्युत् सेवामा समेत असर पारिरहेको अधिकारीहरुले बताएका छन् ।
चेन्नईमा रहेको जलवायु तथा मौसम विभागले शनिबार सम्म पनि बर्षा भइरहने पुर्वानुमान गरेको छ ।
अधिकारीहरुले प्रभावित क्षेत्रमा पर्याप्त चासो राख्न र राहत वितरण प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु