बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग

शुक्रबार, १७ कात्तिक २०७४, १६ : ५७
शुक्रबार, १७ कात्तिक २०७४

संखुवासभा– संखुवासभा समाज कतारले धुमुर्स–सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालीका वडा नं. ८ को सन्तपुरमा बाढिपिडितकालागि निर्माण गरिरहेको एकीकृत नमूना सन्तपुर बस्ती निर्माणका लागि २५ हजार नगद सहयोग प्रदान गरेको छ ।


शुक्रबार फाउण्डेशनको कार्यालयमा संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन (एसकाज)ले सहयोग रकम हस्तान्तरण  गरेको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो । 


सहयोग रकम लिदै धुमुर्स–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले विदेशमा दुःख गरी कमाएर दिएको सहयोगको आफुहरुले सहि सदुपयोग गर्ने जानकारी दिदै असोज ४ गतेबाट सुरु भएको वस्तीनिर्माण आगामी माघ २४ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।  

 
माझी, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको सन्तपुर दलित वस्तीमा रहेका ४५ परिवारका २ सय ८० जनाको लागि यसअघि निर्माण गरिएका जस्तै बालमैत्री, अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी ४५ वटा आवासीय घर, एउटा मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै वस्ती अवलोकन गर्ने भ्यु टावर समेत निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।

वस्ती निर्माणका लागि ५ करोड ७५ लाख खर्च हुने अनुमान गरिएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप