बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारले तोकेका कडारोगहरुको उपचार पुरानो मेडिकल कलेज चितवनमा

शुक्रबार, १७ कात्तिक २०७४, १६ : ५६
शुक्रबार, १७ कात्तिक २०७४

काठमाडाडौं – विपन्नहरुकालागि  सरकारले तोकेका कडा रोगहरुको उपचार अव पुरोना मेडिकल कलेज चितवनमा हुने भएको छ ।  २३ वर्षदेखि स्वास्थ्य सेवा दिइरहेको उक्त अस्पतालमा अब नेपाल सरकारले तोकेको कडारोगहरुको पनि उपचार हुने भएको छ । 

कडारोगहरु मध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्स तथा हेमोडायलाइसिस रोगहरुको उपचार सेवा पनि सुचारु भएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताए । 

सुविधा पाउनको लागि सेवाग्राहीले स्थायी बसोबास भएको स्थानिय निकायबाट विपन्नताको शिफारिस लिइ अन्य आवश्यक कागजात सहित जिल्ला जनस्वास्थ्य कार्यलयमा गई जिल्ला स्तरिय शिफािरस पत्र लिई अस्पतालमा आउनुपर्ने  अस्पतालले जनाएको छ । 

श्रेष्ठका अनुसार यस अस्पतालमा कडा रोगमध्ये निःशूल्क हेमोडायलाइसिस सेवा पहिलेदेखि नै सुचारु र साथै नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम र क्षयरोग सम्बन्धी निःशूल्क डट्स कार्यक्रम पनि उपलब्ध छ । 

काठमाडौँ बाहिरको नेपालकै पहिलो अन्तरराष्ट्रिय स्तरको ट्रमा सेन्टरको रुपमा परिचित यो अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत पनि धेरै कामहरु गरेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप