शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारी मामालाई कैद

शुक्रबार, १७ कात्तिक २०७४, ०७ : ११
शुक्रबार, १७ कात्तिक २०७४

भारतको चण्डीगस्थित जिल्ला अदालतले १० बर्षीया बालिकाको बलात्कारमा दोषी दुई जनालाई जन्मैदको फैसला सुनाएको छ । 
यसअघि मंगलबार दोषी ठहरिएका उनीहरुलाई विहीबार सजाय सुनाईएको हो । 
उनीहरु दुवै जना बालिकाका मामा हुन् । 
बालिकाले गत जुलार्य पेट दुखेको बताएपछि भएका् चेजाँचका क्रममा उनी गर्भवती उनले अगष्टमा एक बच्चालाई जन्म दिएकी थिईन् । 
अधिकारीले बलात्कारको आरोपामा पक्राउ परेका ब्यक्तिको डीएनए परीक्षण नकारात्मक आएपछि थप छानविन गरी १८ दिनपछि उनका भाईलाई पक्राउ गरेका थिए । 
घटनालो भारतीय मात्र नभई विश्वकै सञ्चारमाध्यमहरुको ध्यान खिचेको थियो । 
चण्डीगढ अदालतले गर्भपतनका लागि अनुमति दिए पनि आमाको ज्यान खतरामा पर्ने भन्दै डाक्टरले अस्वीकार गरेका थिए । 
भारतीय कानुनअनुसार डाक्टरको सिफारिसविना २० साताभन्दा बढीको गर्भपतन गराउन पाईदैन । 
गत सेप्टेम्बरमा १३ बर्षीया बालिकालाई गर्भपतनका लागि अनुमति द्यिउ पनि उनले बच्चालाई जिवितै जन्म दिएका थिईन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप