दुई अनौठो प्रसंग : उम्मेदवारी दर्ता गर्न नपाएपछि डाँको छोडेर रोइन् ज्ञानु लामा (भिडियोसहित)
काठमाडौँ । काठमाडौंको राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताका क्रममा दुई अनौठा दृश्य देखिए । सभागृहको परिसरमा दिँउसो ३ बजे एक महिला उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै डाँको छोडेर रोइरहेकी थिइन् । हातमा कागजपत्र थियो भने आँखाभरी आँशु । काठमाडौंको बौद्धमा बस्ने आफूलाई माता बताउने ज्ञानु लामाले उम्मेदवारी दर्ताका लागि पाँच हजार तिरेर रसिद पनि लिएकी थिइन तर उनले आफ्नो मनोनयन दर्ता गर्न पाइनन् ।
उनले दर्ता गर्न नपाउनुको कारण भने रोचक रहेको छ । उम्मेदवारी दिनका लागि सोही क्षेत्रका मतदाता रहेका एकजना प्रस्तावक र अर्कोजना समर्थक चाहिन्छ । उनले एकजना महिला प्रस्तावक त ल्याएकी थिइन तर सर्मथक थिएनन् । ती प्रस्तावक महिला पनि काठमाडौंको फरक निर्वाचन क्षेत्रको रहेछिन् । यसरी उनको मनोनयन नहुने भनेपनि उनी डाँको छोडेर रुन लागिन ।
आयोगका कर्मचारीहरुले पाँच बजेसम्म समय रहेको बताएपनि २ घन्टाभित्र बौद्ध पुगेर आफूले समर्थक र प्रस्तावक खोजेर ल्याउन ढिला हुने भन्दै रोइरहेकी थिइन् । शूरुमा त उनलाई मनोनयन दर्ता गर्न आएको विश्वास नगरेर पुलिसले एक घण्टासम्म गेटमै रोकेको गुनासो गरिन् ।
गत स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।
हेर्नुहोस् भिडियो
डाँका भन्दै कराए लक्ष्मण सिंह खड्का
काठमाडौंका ४ निर्वाचन क्षेत्रका लागि कडा सुरक्षाका बिच मनोनयन भइरहेको राष्ट्रिय सभा गृहमा प्रवेश गरेर आफूलाई नेपालको खलाँसी भनेर चिनाँउने लक्ष्मणसिंह खड्काले नेताहरुलाई डाँका भन्दै गाली गरेका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संचारमाध्यमहरुलाई अन्र्तवार्ता दिइरहेको ठाँउमा पुगेर उनले गाली गरेका हुन् । उनले कांग्रेस, एमाले, माओवादीका सबै नेताहरु डाँका भएर देशलाई लुटेको भन्दै कराउन थालेपछि प्रहरीले गेट बाहिर ल्याएर छोडेको थियो ।
हेर्नुहोस् भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र
-
विद्युत् नियमन आयोग सदस्यले लिए शपथ
-
मालदिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन पहल, बन्यो समिति
-
निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)
-
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन: राजेन्द्र लिङ्देन
-
किन आयो अमेरिकी एयरफोर्सको विमान काठमाडौँमा ?