शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

बिहीबार, १६ कात्तिक २०७४, १८ : २१
बिहीबार, १६ कात्तिक २०७४

चारिकार, (अफगानिस्तान) – इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ । 

प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो । बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए । 

उक्त तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधबार राति हमला भएको हो । राति सो ट्यांकरमा बम लागेपछि विस्फोट भएको र विस्फोटका कारण आगलागी भएको हो । 

तेलको ट्यांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा गुडिरहेको अर्को बसमा पनि आगो लागेको थियो । त्यस बसमा रहेका नागरिक आगो लागेर जलेका थिए । 

मारिनेमा साथमा रहेको अर्को बसका यात्रुका साथै उक्त घटनास्थल वरपरका बासिन्दा परेको जानकारी अफगानिस्तानका स्थानीय सञ्चारले दिएका छन् । 

यसरी तेल ट्यांकरमा बम हमला गरी हत्या गर्ने घटना यसअघि पनि अफगानिस्तानमा हुने गरेका छन् । इन्धन बोकेको ट्यांकरमा गरिने हमलाबाट त्यसको वरपरका नागरिक शिकार हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप