बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली-अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन: यस्तो छ उदेश्य

बिहीबार, १६ कात्तिक २०७४, ०९ : ३८
बिहीबार, १६ कात्तिक २०७४

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई) नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन भएको छ । 

नेपालीको संख्या वृद्धि
अमेरिकामा सन् १९९० को दशकपछि नेपालीहरुको जनघनत्व बिज गणतीय रुपमा वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै अन्य मुलकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन गरिएको छ ।

उदेश्य
हाल सालै भर्जिनियामा दर्ता भएको उक्त संस्थाले बिशेष स्थानीय स्तर देखिनै अमेरिकी मूलधारको राजनीतिमा सहभागिता हुन सकोस् नेपालीको  आवाज पुग्न सकोस भन्ने उदेश्यले एनएएफपीईको परिकल्पना गरिएको  संस्थापक तथा कार्यकारी अधिकारी जीवन तिवारीले जानकारी दिए ।

को हुन् तिवारी ?
नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन (हाउस अफ डेलिगेट)मा उम्मेदवारी घोषणा गरेका थिए ।

कास्की पोखरा लेखनाथ नगरपालिका बेगनासताल घर भइ बिगत १३ बर्षदेखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधिसभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका थिए । पछि उनले नेपालमा भूकम्प गएपछि उम्मेदवारी फिर्ता लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप