शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजबिराजलाई उपमहानगरपालिका पूर्वमन्त्रीको माग

शनिबार, ०६ जेठ २०७४, ०८ : ४९
शनिबार, ०६ जेठ २०७४

पूर्व सिँचाई मन्त्री एवं सप्तरी क्षेत्र नं. ३ का सांसद उमेश यादवले राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गरेका छन् ।

पूर्व सिँचाई मन्त्री समेत रहेका सांसद यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी नेपालमै पहिलो टाउन प्लानिङ्गबाट बसाइएका राजविराज नगरपालिका पूर्वधारको हिसाब सक्षम रहेको दावी गर्दै त्यसलाई उपमहानगरपालिका बनाउन सरकारसँग जोडदार माग गरेका हुन् ।

आफूले राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्छ भनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत जानकारी गराई सकेको बताउँदै उनले सो नगरपालिकालाई उपमहानगरपालिका बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको बताए ।

माओवादी केन्द्रको संसदीय दलले समेत राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनु पर्ने निर्णय गरिसकेको उल्लेख गर्दै सांसद यादवले राजविराजलाई उपमहानगरपालिका बनाउनका लागि सहयोग गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह पनि गरे ।

उनले राजविराज नगरपालिका स्रोत साधन र मापदण्डका कारणले उपमहानगरपालिका बन्न सक्छ तर विगतमा मेयर बनेका तथा उपमहानगरपालिका बनेपछि त्यहाँ आफ्नो राजनीतिक भविष्य नदेख्ने जस्ता व्यक्तिहरुले त्यहाँ नाकारात्मक भूमिका खेलिरहेको आरोप पनि लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेमराज दाहाल
खेमराज दाहाल

खेमराज राजनीतिमा विशेष चासो राख्ने गर्दछन् 

लेखकबाट थप