मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

केटाहरु त यत्तिकै पट्टिरहेका हुन्छन्– अभिनेत्री ऋचा शर्मा

शुक्रबार, ०५ जेठ २०७४, ०० : ०८
शुक्रबार, ०५ जेठ २०७४

अब्बल कलाकारका रुपमा चिनिन्छिन् अभिनेत्री ऋचा शर्मा । सेलेक्टेड चलचित्रमा मात्रै काम गर्ने शर्मा विवादरहित अभिनेत्री पनि हुन् । पछिल्लो समय सेक्स केन्द्रित थुप्रै चलचित्र बनेका छन् । तर आफूलाई अहिलेसम्म यस्तो एउटा चलचित्रको पनि अफर नआएको उनले बताइन् । निर्माताका रुपमा पनि अहिले अगाडि आउँदै गरेकी उनको निर्माणमा रहेको चलचित्र आधा लभ प्रदर्शनको तयारीमा छ । प्रष्ट वक्ताका रुपमा समेत चिनिएकी शर्माले अर्पण थापाको निर्देशनमा चलचित्र बनाएकी हुन् । आधा लभमा उनी र अर्पणकै मुख्य भूमिकामा रहेको छ । उक्त चलचित्र यही महिनाको अन्तिम साताबाट रिलिजमा आउँदैछ । अहिले चलचित्र प्रदर्शन र प्रचार प्रसारको तारतम्मे मिलाउन लागिपरेकी अभिनेत्री शर्मालाई रातोपाटीको दस प्रश्न ।

आधा लभ चलचित्रबाट निर्माता बन्नुभएको छ, कसरत कतिको गर्नु परिरहेको छ ?
धेरै गर्नुपर्दाे रहेछ । गरिरहेकी छु । आफ्नो लगानी कसरी सुरक्षित गर्ने भन्ने टेन्सन भएको छ । चलचित्र राम्रो बनाएका छौँ । दर्शकले साथ दिन्छन् भन्ने विश्वास छ ।

चलचित्रकी अभिनेत्री तपाईं, सौन्दर्यमा कतिको सजक हुनुहुन्छ ?
म बाहिरीभन्दा भित्री सौन्दर्यमा विश्वास गर्छु । बाहिरी सौन्दर्यप्रति पनि सजग नै छु । केटी मान्छे भएपछि निश्चय नै सौन्दर्यमा अगाडि हुनुपर्छ । जति उमेरले म्याचुअर हुँदै जान्छ, त्यति नै सजक हुँदै गएकी छु ।

कस्तो फेसन मनपर्छ ?
मलाई सबैभन्दा सजिलो लाग्ने, इजी फिल हुने पहिरन भनेको जिन्स पाइन्ट र टिसर्ट हो । त्यसपछि मनपर्ने भनेको सारी हो ।

रोजाइको पुरुष नि ?
मलाई हम्बल खालको पुरुष मनपर्छ । हम्बल भन्नेले गम्भीर प्रकारको, बोल्दा पनि विचार पुराएर बोल्ने, बौद्धिक । धेरै टपमा हुँदा पनि आफूसँग केही नभएको जस्तो गरेर सिम्पल बन्ने । गफ लागाउने, विभिन्न आउभाउ देखाउने मन पर्दैन ।

घुम्न मनपर्ने ठाउँ नि ?
नेपालभित्र मलाई पोखरा मनपर्छ । विदेशका धेरै स्थान छन् ।

जीवनमा भुल्न नसकेको घटना ? 
धेरै छन् । तर बुबा बित्नुभएको पल मेरो जीवनको सबैभन्दा दुखद् क्षण हो । यो कहिलै पनि बिर्सन सक्दिन ।

केटा पट्याउने टिप्स दिनुपर्दा ?
यो मलाई थाहा भएन । केटाहरुलाई पनि पट्याउनु पर्छ र भन्या ! केटाहरु त यतिकै पट्टिरहेका हुन्छन् । उनीहरुलाई आकर्षण गर्नुपर्दैन । हामीलाई देख्ने बितिकै त्यत्तिकै आकषित हुन्छन् ।

अभिनयको पहिलो कमाइ कति थियो, अनि के गर्नुभयो ?
अभिनयको पहिलो कमाइ दुई हजार रुपियाँ थियो । तर त्यो के गरेँ अहिले याद नै छैन । सायद आफ्नै लागि खर्च गरेँ कि ।

जीवनमा पहिलो प्रेमपत्र आफैले लेख्नुभयो कि, कतैबाट आएको थियो ?
अहिलेसम्म प्रेमपत्र आएको पनि छैन । मैले कहिल्यै लेखिनँ पनि ।

रोजेको व्यक्तिबाट डेटेको अफर दियो भने ? 
कसैले दियो र चान्स पाएँ भने हलिउड हिरो लियोनार्दाे डिकाप्रियोसँग जान्छु होला । मनपर्ने हिरो भन्नुपर्दा बाहुबलीको प्रभास एकदमै राम्रो लाग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप