प्रचण्डको क्रमभंगता र ढुंगेल गिरफ्तारी प्रकरण

person access_timeकात्तिक १५, २०७४ chat_bubble_outline0

लोकतन्त्र प्राप्तिको दशौं वार्षिकी मनाउने अवस्थामा पुगिसकेका हामी अझै पनि राजतन्त्र पुनस्र्थापना हुने आशंका गरिरहेका छौं । लोकतन्त्र सरकारीस्तर र जनस्तरमा मनाउँदै गरिएको छ ।

लोकतन्त्रलाई चुनौती दिंदै ‘राजा आऊ देश बचाउ’ भन्नेहरु पनि सडकमा संख्या बढाउँदै लगिरहेको अवस्था छ । सरकारले मनाएको लोकतन्त्र दिवसमा अब लोकको तन्त्र कसैले हडप्न नसक्ने दावी गर्दै ‘शान्तिका प्रतीक’ परेवा उडाएर मनाउने गरियो भने जस्तरबाट मनाइएको लोकतन्त्र दिवसमा लोकको तन्त्र अझै सुरक्षित नभएको जिकिर पनि गरेको पाइयो । देशव्यापीरुपमै लोकतन्त्र दिवस लगभग यही शैलीमा मनाउँदै आएको अवस्था छ । लोकतन्त्रवादीलाई झस्काउने गरी राजा जन्मोत्सव मनाउनेहरुको पनि सडकमा लामबन्दी लागेकै हुन्छ । यस्तो अवस्थाले लोकतन्त्र लोक अर्थात जनताका लागि आएको छैन भन्ने बुझ्न सकिन्छ । 

लोकतन्त्रको अंग्रेजी शब्द ‘डेमोक्रेसी’ नै भए पनि ‘लोकतन्त्र’ भारतबाट आयात गरिएको शब्द हो । सम्भवतः भारतको राजधानी नयाँ दिल्लीमै सात दल र माओवादीबीच सम्पन्न भएको १२ बुँदे समझदारीपत्रमा उल्लेख भएकाले पनि भारतीय शब्द ‘लोकतन्त्र’ प्रयोग भएको होला ! विदेशी शब्द नै लेख्नु थियो भने ‘डेमोक्रेसी’ भनेर लेखेको भए पनि हुन्थ्यो । अथवा नेपाली शब्दमा रुपान्तर गरी ‘जनतन्त्र’ लेख्न सकेको भए सबैभन्दा उत्तम हुन्थ्यो । किन भारतीय शब्द ‘लोकतन्त्र’ रोजियो ? यो देशभक्त नेपालीहरुका निम्ति गम्भीर विषय बन्नु पर्दछ र छलफलको विषय बनाइनु जरुरी छ ।

माथिका तर्कलाई ‘लोकतन्त्रवादी’हरुले ‘चरम राष्ट्रवाद’ को संज्ञा दिन पनि सक्लान् । परन्तु भारतीय संस्कृति, भारतीय भाषा, भारतीय राजनीति, भारतीय शिक्षा, भारतीय व्यापार, भारतीय संचार र भारतीय गुण्डागर्दी समेतले थिल्थिलो भैसकेको हाम्रो देश नेपाल भारतकै सहयोगमा प्राप्त ‘लोकतन्त्र’ को प्राप्ति पछि अस्तित्वरक्षाको संकटमा पुग्दैछ भन्ने यथार्थसँग यो लोकतत्रको प्रमुख सम्वाहक बनेको नेकपा (माओवादी) स्वयं सहमत हुनुपर्ने अवस्था सृजना भएको छ । जनयुद्धका लागि थालिएको सशस्त्र गतिविधिका दौरानमा भएका घटनाहरु आपराधिक गतिविधि करार गर्दै न्यायिक निरोपण गरिन थालेपछि लोकतन्त्रको प्रमुख संवाहक शक्ति अपराधी शक्ति हो भन्ने सन्देश दिन खोजिएको जस्तो भएको छ । भर्खरै मात्र पूर्वसभासद् बालकृष्ण ढुंगेलको जेल यात्राले गरेको संकेत यही हो । 

नेपालका सबै राजनीतिक दलहरुले नेपालको राष्ट्रियता कमजोर हुन पुगेको निस्कर्ष निकालेर देशभक्ति आन्दोलनको आवश्यकतालाई औँल्याउँदै आएको देखिन्छ । यथार्थमा हाम्रो राष्ट्रियता संवेदनशील अवस्थामा पुगेको छ । छिमेकी देशको गलत नियतका कारण नेपाल संक्रमणकालबाट माथि उठ्न सकिरहेको छैन । हाम्रो देशलाई धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, शैक्षिक, व्यापारिक र सञ्चार हरेक क्षेत्रमा रुपान्तरणको आवश्यकता छ । १०४ वर्षे राणा शासनको पतन पछि पनि भारतमुखी नै बन्न पुगेका नेपालका सत्तासीनहरुले हरेक क्षेत्रमा भारतीयकरण नै गरे । २००७ सालदेखि २०१७ सालसम्मको ‘प्रजातान्त्रिक काल’ होस् वा २०१७ सालदेखि २०४६ सालसम्मको ‘निर्दलीय तानाशाही पंचायतीकाल’ नै किन नहोस्, नेपालका शासकहरु लगातार रुपमै भारतीय प्रभावबाट मुक्त हुन सकेनन् । फलस्वरुप सीमा खुला राखेर भारतीय प्रभावलाई विस्तार गराउने काम भयो । यही खुला सिमानाका कारण नै हाम्रो धर्म, संस्कृति, सामाजिक संरचना, शिक्षा, राजनीति, व्यापार र संचार सबै क्षेत्र भारतीय प्रभावमा परेको छ । भारतको सहयोग विना हामी बाँच्नै सक्दैनौँ भन्ने सन्देश नेपाली जनतामा पु¥याउने काम नेपालका सत्तासीनहरुबाट भइरहेको छ । नेताहरुको क्रियाको फल नेपाली जनताले नराम्रोसँग भोग्नु परिरहेको छ । 

खुला सिमानाका कारण नेपालले भोग्नुपरेको पीडा वास्तवमै दयनीय छ । यो अवस्थाबाट नेपाललाई जोगाउन सकेको भए सम्भवतः नेपालीहरुको धर्म ‘बुद्ध धर्म’ हुन्थ्यो ! संसारभरि नै बुद्धधर्मावलम्वीहरुको प्रभाव विस्तार भइरहेको छ । बुद्ध स्वयं हिन्दू थिए भन्ने कुराको ज्ञान दिन नसक्नेहरुले हिन्दूराष्ट्रको मागलाई चर्काे बनाएका छन् । हिन्दू धर्मबाट मानिसहरु विकर्षित भइरहेका छन् भन्ने तर्पm कुनै चिन्तन नगरी केवल हिन्दू राष्ट्रको माग गर्दै  छिमेकी राष्ट्रको सहयोग माग्ने परम्पराले निरन्तरता पाइरहेको छ । यो नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण हो । 

सबैभन्दा लोकप्रिय धर्म मानिदै आएको र नेपालमै उद्गम धर्मका रुपमा स्थापित भैरहेको ‘बुद्धधर्म’ नेपालको मौलिक धर्म भएकाले नेपालको चिनारी पनि त्यही किसिमबाट हुन नसक्ने कुनै कारण थिएन । बुद्ध धर्मको प्रभाव नेपालमा विस्तार गराउन सकिएको भए त्यो धर्मले नेपालको संस्कृति, समाज, शिक्षा, रहनसहन, राजनीति, संचार र व्यापार क्षेत्र समेतमा उल्लेख्य परिवर्तन भै नेपाली जनताको जीवनस्तर नै धेरै उच्च भैसकेको हुन्थ्यो । नेपाल र नेपाली जनताको दुर्भाग्य नै भन्नु पर्दछ – हाम्रो घनिष्ट सम्वन्ध त्यतातिर नभएर हिन्दू धर्मको पनि सबैभन्दा निकृष्ट समाज सिद्ध भैसकेको बिहारी प्रभावमा प¥यो । ‘बिहारी हिन्दू धर्म’ को नभएर ‘बुद्ध हिन्दू धर्म’ को प्रभाव विस्तारमा नेपालका शासकहरु लाग्न सकेका भए हिन्दू धर्म विरोधी काम पनि ठहर्दैनथ्यो र नेपाल संसारकै नमूना ‘बुद्धिष्टहरुको देश’ का रुपमा चिनिन पनि पुग्थ्यो । संसारको मानचित्रमा परिचय खोज्नुपर्ने देशको अवस्थामा नेपालको स्थिति रहने थिएन । बुद्ध धर्मको प्रभाव परेका चीन, जापान र कोरियालगायतका मुलुकहरुको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक र व्यापारिक लगायत हरेक क्षेत्रमा भएको उन्नतिलाई हे¥यौं भने पनि हामी नेपालीले विबहारी हिन्दू धर्मको प्रभावप्रति पश्चाताप गर्नुपर्ने हुन्छ । हामी नेपालीले सामना गर्नु परिरहेको गरिबी र पछौटेपनको मुख्य कारण खुला सिमाना र हरेक क्षेत्रको भारत निर्भरता नै हो भन्ने कुरा स्पष्ट छ । लोकतन्त्र दिवस मनाइरहदा राष्ट्रियता खतरामा परेको महसुस नगर्नेहरुले धर्मनिरपेक्षताका नाममा इशाई धर्मको प्रचार र विस्तारलाई नदेखेझै गरिरहनु आश्चर्यजनक भएको छ । 

नेपाली नागरिकता प्राप्तिका निम्ति भारतीयहरुले पैसा र पाखुराको प्रयोग गरेका घटनाहरु छताछुल्ल हुँदा पनि संविधानसभाको चुनावबाहेक अरु कुनै कुराले महत्व पाएन । दुईपटक संविधानसभाको चुनाव गरेर बनाइएको संविधान संशोधनका श्रृंखलाहरु दर्जनौं पुग्ने लक्षण देखिएको छ । यही संविधानलाई टेकेर नेपाललाई साम्यवाद आउने त्रास कसैलाई छ भने राजतन्त्र फर्काउन पनि यो संविधान बाधक बन्ने अवस्था छैन । त्यसैले यस्तो संविधान बनाउनकै लागि १६ हजार नेपाली जनताको रगत बनाइएको रहेछ भनेर चित्त बुझाउनुपर्ने अवस्था देखिएको छ ।

नेपालको विकासको पूर्वाधार भनेकै नेपालको जलसम्पदा हो । यही जलसम्पदालाई नेपाली स्वामित्वबाट बञ्चित गराउने काम भइरहेको छ । नेपालको जलसम्पदामा  कब्जा जमाउन भारतीय प्रयास हुनु स्वाभाविक भए पनि त्यसलाई सहयोग पुग्ने गरी नेपालका नेताहरु लम्पसार भइरहेको अवस्था अस्वाभाविक हो । यस्तो किन भइरहेको छ ? किन नेपालका नेताहरुले नेपालको जलसम्पदाको महत्व बुझ्न सकेनन् ? नेपाली सिमाना मिचेर सीमास्तम्भहरु सार्ने काममा भारत धेरै अगाडि बढिरहेको छ । नेपालको भूमि अतिक्रमण गर्ने कामबाट भारत किन पछि हट्न आवश्यक ठान्दैन ? यो गम्भीर विषयतर्पm नेपालका नेताहरुले छातीमा हात राखेर सोच्नु जरुरी छ । 

भारतले एकतर्फी तटबन्ध निर्माण गरेर सीमा क्षेत्रका नेपाली वस्तीलाई डुवान क्षेत्रमा परिणत गराउने काम गरिरहेको छ । नेपालका तर्पmबाट छिमेकी देशको यस्तोखाले ज्यादतिको विरोध हुनु पर्दछ । यदि विरोध नगर्ने हो भने  भारतको यस्तो कामलाई पनि सदाशयता हो भन्न सक्नु पर्छ । भूटानी शरणार्थी समस्या भारतले थोपरेको नभइ हाम्रो आफ्नै कारण भनेर स्वीकार गर्नुपर्ने अवस्थामा हाम्रो देशका नेताहरु पुगेका छन् । होइन भने नेपालको राष्ट्रियता खतराउन्मुख भइरहेको यथार्थलाई स्वीकार गरी भारतसँग वार्ता सुरु गर्न किन ढिला गर्ने ? 

नेपाललाई सिक्किमीकरण गराएर ‘लोकतन्त्र’मै रमाउनु छ र ‘जनयुद्ध’ को नारामा अभ्यस्त हुनु छ भने बेग्लै कुरा हो, नत्र ‘लोकतन्त्र दिवस’मनाउनेहरुले लोकतन्त्रको पनि नेपालीकरण खोज्नु पर्दछ । धर्मको पनि नेपालीकरण खोज्नु पर्दछ । संस्कृति, राजनीति, शिक्षा, व्यापार, अर्थ र हरेक क्षेत्रमा नेपालीकरण खोजी गरिनुपर्दछ । नेपालीकरणको अर्थ सबै नेपालीको सहभागितामा आमूल रुपान्तरणसहितको नयाँ नेपाल निर्माणको गन्तव्य हो । यत्ति कुरा बुझ्न सकिदैन भने क्रमभंगताको नाममा जे–जे मनपरी गर्नुछ, गर्दै गए हुन्छ ! पछुताउने दिन धेरै टाढा छैन । ढुंगेलको जेल यात्राले धेरै कुराको क्रमभंगताको सन्देश दिएको छ । आगे नेताजीहरुलाई चेतना भया !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ